प्रकाशित मिति : मङ्लबार, साउन २५, २०७३
जेपी थुलुुङ, सोलुखुम्बु ।
सामुदमयिक वन दिवश आज पहिलो पटक मनाईएको छ । वन ब्यवस्थापन गर्ने जिम्मा स्थानीय समुदायलाई पहिलो पटक दिएको दिनको सम्झना गर्दै सरकारले यसबर्षदेखि आजकै दिन अर्थात साउन २५ गतेलाई सामुदायिक वन दिवसका रुपमा मनाउने निर्णय गरेअनुसार आज सोलुखुम्बुमा पनि उक्त दिवश मनाईएको हो ।
सामुदायिक वनको पहिचान, राष्ट्रिय समृद्धिको अधिकार भन्ने मुल नाराकासाथ जिल्ला वन कार्यलय सोलुखुम्बु तथा सामुदायिक वन उपभोक्ता महासंघ सोलुखुम्बुको संयुक्त आयोजनामा भएको कार्यक्रममा
सामुदायिक वनको ईतिहास, हालको अबस्था, बैज्ञानिक वन व्यबस्थापन तथा वन व्यबस्थापनमा स्थानिय जनताको सहभागीता लगायतका बिषयमा जानकारी गराईएको थियो ।
जिल्ला वन अधिकृत मेघराज राईले प्रस्तुत गर्नुभएको प्रस्तुती अनुसार देशभर कुल १८ हजार ३ सय ३४ हेक्टर क्षेत्रफल वन क्षेत्र रहेको छ ।
जसअुनसार संसार भरको तुलनामा नेपालमा वन क्षेत्र सबैभन्दा बढेको जनाईएको छ । यस्तै सोलुखुम्बु जिल्लामा पनि प्रसस्तै वन रहेकाले आफै आत्म निर्भर रही अन्य जिल्लामा काठ निकासी गरीरहेको जिल्ला वन कार्यलय सोलुखुम्बुले जनाएको छ ।
जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक तथा स्थानिय बिकास अधिकारी महेश पराजुलिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थीत कार्यलयका प्रमुख एवं प्रतिनिधि सुरक्षाकर्मीका प्रमुख साथै संचारर्मीहरको उपश्थिती रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij