आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन पछिल्लो समय आएको बाढी पहिरोमा पिडितको

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • काठमाडौ,
    २६(साउन र एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन पछिल्लो समय आएको बाढी पहिरोमा पिडितको साथमा रह्यो । अखिलले पुर्वको बाढीपिडित संग होस या पश्चिमको बाढी पिडितसंग होस आफु साथमा रहेको पुष्टि ग(यो ।

    भर्खरैमात्र आएको बाढीपहिरोले प्यूठान जिल्ला देशभरीमा सबैभन्दा प्रभावित भयो जहाँ दर्जनौले ज्यान गुमाए भने सर्यौ विस्थापित भए । यसैक्रममा प्युठान जिल्लाको निकै विकट खुङ,रजुवारा,पुजा र अर्खा गाबिस का करीब ३०० घरपरीवार लाई अखिलले राहात वितरण गरेको छ ।

    यी तिन गाविसमा मात्रै १२ जना भन्दा बढीको मृत्यु भएको थियो भने करीब ४०० घर बिस्थापीत भएका थिए । भारी बर्षाका बिच पनि अनेरास्ववियुको प्रबक्ता सुदिप शर्माको नेतृत्वको टोलीले राहत बितरण गरेको छ ।

    टोलीमा अनेरास्ववियु त्रिभुवन बिश्वविद्यालय इञ्चार्ज धर्म गीरी, सचिबालय सदस्य वाङ्छु योञ्जन, केन्द्रिय सदस्य बसन्त न्यौपाने,बिनोद भण्डारी,तिलक हमाल लगायतको उपस्थिति रहेको अनेरास्ववियूले बताएको छ । राहतमा थाल,कचौरा,गीलास,बाल्टी,मग, त्रिपाल, कपडा,  स्टेशनरी लगायतको सामग्री बितरण गरीएको प्रवक्ता शर्माले जानकारी दिए

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij