आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकै भाग्यमानी ? प्लेन दुर्घटनाबाट बाचेको एकहप्तामा १ मिलियन डलरको चिठ्ठा

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • दुबई – ६ दिनअघि मोहमद बासिर अब्दुल खदार ६ दिन अघि विमान दुर्घटनाबाट बालबाल बचेका थिए । उनी सवार इमिरेटस्को इके ५२१ विमान दुबईको विमानस्थलमा दुर्घटनामा परेको थियो ।

    प्लेन पड्किएर आगोको डल्लोमा परिणत हुनअघि केही मिनेटअघि उनीसँगै विमानमा सवार ३ सय जना सकुशल निस्कन सफल भएका थिए । त्यतिबेला भाग्यले बाँचेका ६२ वर्षीय खदारले अहिले १ मिलियन डलर बराबरको चिठ्ठा जितेका छन् ।

    दुबईको एक कार डिलरसिप कम्पनीमा काम गर्ने भारतीय मुलका खदारले परिवारसँग भारतको केरलामा छुट्टीमा जानअघि दुबईको अन्तर्राष्ट्रिय विमानस्थलमा दुबाई ड्युटी फ्रि मिलेनियम मिलियनेर लट्री किनेका थिए ।

    तर, फर्कदा उनको प्लेन दुर्घटना पर्यो । त्यतिबेला भाग्यले उनी बाँच्न सफल भए । अहिले फेरि उनलाई भाग्यले साथ दिएको छ । उनको किनेको ०८४५ नम्बरको टिकटले ३.६७ मिलियन दिराम जित्न सफल भएका छन् ।

    36D55F3000000578-0-image-a-5_1470821425724
    गल्फ न्युजसँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले दुबईमा ३७ वर्षदेखि दुबईमा काम गरिरहेको छु । मलाई यो मेरै देशजस्तै लाग्छ । मलाई दोस्रो जीवन दिनुभएकोमा भगवानलाई धन्यवाद दिन चाहन्छु । अझ पैसा पनि थप दिनुभएकोमा पनि धन्यवाद दिन चाहन्छु । यसलाई राम्रो काममा खर्चने छु ।’

    उनले किनेको यो १७ औं टिकट हो । सन् १९७८ देखि दुबईमा काम गर्न शुरु गरेका खदिर अबको चार महिनापछि अवकास पाउँदैछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij