शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

जिल्लामा बर्षेनि खेति योग्य जमिन बाझो हुने क्रम बढ्दैै

  • प्रकाशित मिति : बिहिबार, साउन २७, २०७३



  • २७-साउन / जिल्लामा बर्षेनि खेति योग्य जमिन बाझो हुने क्रम बढ्दैै गएको छ । दाङमा भएको कुल ३९ हजार हेक्टर खेति योग्य जमिनमा गत बर्ष ३६ हजार ५ सय हेक्टरमा मात्रै खेति भएको थियो ।

    उक्त खेति बाट १ लाख ४९ हजार ६ सय ५० मेट्रीक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय दाङले बताएको छ । त्यस्तै देउखुरीमा १ सय हेक्टर जमिनमा चैते धान रोपिएको थियो । विभिन्न जातको धान खेति हुने जिल्लामा यस बर्ष पनि केहि ठाउमा खेत बाझो हुने बताइएको छ ।

    गत बर्षको तुलनामा यस वर्ष पनि केहि ठाउमा खेति नहुने कार्यालयका योजना अधिकृत तिलक केसीले बताए । जिल्लामा यस बर्षको धान रोपाई लगभग सकिएको र केहि ठाउमा खेति हुन नसकेको उनले बताए । तर कति हेक्टर जमिनमा धान खेति भएन भन्ने डाटा निकाल्ने काम भैरहेको उनको भनाई छ ।

    तर खेति योग्य जमिन बाझो हुने क्रम बढेपनि उत्पादन बढाउनका लागि भने लागेपरेको कार्यालय बताउछ । उत्पादन बढाउन लागि उन्नत जातका विउहरु , मल र सिचाईमा ध्यान दिएको बताएको छ । घडेरीका लागि प्लटिङ्ग गर्नु, खेती गर्ने मान्छे घरमा नहुनु, समयमा श्रमिक नपाउनु लगायतका कारणले खेत बाझो हुने क्रम बढ्दै गएको कार्यालयको तर्क छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij