शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

शिक्षा सम्वन्धी गरिएका अभ्यास आदानप्रदान

  • प्रकाशित मिति : बिहिबार, साउन २७, २०७३



  • शिक्षा सम्वन्धी विद्यालय र समुदायमा गरिएका अभ्यासहरुको आदान पदान गर्न सिकाईका लागि शिक्षण परियोजनाद्धारा विहिवार जिल्ला सदरमुकाम खलंगामा कार्यशाला गोष्ठी सम्पन्न गरिएको छ । सिकाईका लागि शिक्षण परियोजनाका कक्षा कोठा सहयोगीहरुसंग उक्त कार्यशाला गोष्ठी सम्पन्न गरिएको हो ।
    भेरीमालिका नगरपालीकाको जगतिपुर र खलंगामा सञ्चालन भएको सिकाईका लागि शिक्षण परियोजनाद्धारा विहिवार आयोजित कार्यशाला गोष्ठीमा ३२ जना कक्षा कोठा सहयोगीहरुको सहभागिता रहेको आसमान नेपालका जिल्ला संयोजक नेत्रलाल सुनारले वताए । सुनारले दिएको जानकारी अनुसार ३२ जना सहभागीहरुमा २९ जना महिलाहरु रहेका छन् भने, ३ जना पुरुष रहेका छन् ।

    परियोजनाले नियुक्ति गर्ने कक्षा कोठा सहयोगीहरु जम्मै पलस टु मा अध्ययनरत विद्यार्थीहरु रहेका छन् । पलस टुमा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षण अभ्यास गराउनका लागि पनि कक्षा कोठा सहयोगी नियुक्ति गर्नु परियोजनाको मुख्य लक्षय रहेको संयोजक सुनारले वताए ।

    विहीवार सम्पन्न कार्यशाला गोष्ठीमा परियोजनाले वालवालिकाहरुको अविभावकहरुमा शैक्षिक जागरण पैदा गरेको सहभागीहरुले वताएका थिए ।

    अविभावकहरुले विद्यालय कक्षा कोठाको अध्ययन अवलोकन गर्र्नुका साथै विद्याथीहरुको अध्ययनका लागी स्थानिय शैक्षिक सामाग्री निर्माण गरि विद्यालयलाई हस्तान्तरण गर्ने गरेको सहभागीले वताएका थिए । त्यसै गरी परियोजनाका कारण प्रत्यक अविभावकहरुले घर तहममा वालवालिकाहरुको लागि पढाई कुना निर्माण गरेको सहभागिहरुको तर्क थियो ।

    भिएसओको आर्थिक सहयोगमा आसमान नेपालद्धारा सञ्चालित सिकाईका लागि शिक्षण परियोजना जाजरकोट र जुम्लामा मात्र सञ्चालन भएको परियोजना हो । यो परियोजना सन् २९१४ जुन देखि २०१६ डिसेम्वर सम्म सञ्चालन हुने वताईएको छ । जाजरकोटको जगतिपुर र खलंगामा सञ्चालन भएको परियोजनाले भगवति मावि कुदुु, वाल प्रावि कुस्तरा, थर्पुडाँडा प्रावि सालीविसाउन, विश्व प्रावि राताचौर, त्रिभुवन निमावि रिसाङ, हनुमान प्रावि थाप्ले, दिपेन्द्र प्रावि रावतगाउँ र भेरी त्रिवेणी मावि रिम्नामा कार्यक्रम सञ्चाmन गर्दै आई रहेको छ ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij