प्रकाशित मिति : बिहिबार, साउन २७, २०७३
दाङ २७
क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानको भाद्र ७ गर्ने उदघाटन गरिने भएको छ
। तुलसीपुर बजार लाई सरसफाई युक्त बनाउनका लागी शुरु गर्न थालिएको
अभियानको नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणि पौडेलले उदघाटन गर्ने
कार्यक्रम तय भएको छ । क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियानका सन्र्दभमा आज
तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको पत्रकारहरु संगको अन्र्तक्रिया
कार्यक्रममा त्यस्तो जानकारि दिईएको हो । अभियानका संयोजक एव बाणिज्य
संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै
रिजालले बाग्मति सरसफाई अभियानका अभियन्ता पुर्व मुख्य सचिव पौडेल र
बातावरण बिज्ञ डाक्टर राजु अधिकारिको उपस्थीतिमा भाद्र ७ गते विहान
अभियानको उदघाटन गरिने बताउनु भयो । अभियानको उदघाटन अघि ६ गते दिउसो
तुलसीपुरमै उहाँहरुकै उपस्थीतिमा अन्र्तक्रिया कार्यक्रमको समेत आयोजना गरिने
रिजालले बताउनुभयो । तुलसीपुर क्षेत्रलाई सरसफाई तथा हरियालि बनाउनका
लागी यो अभियान शुरु गर्न लागीएको रिजालले बताउनु भयो । उहाँले यो
अभियानले तुलसीपुरको मुहार परिवर्तन गर्ने भन्दै सवैको सहयोग र सुझावको
अपेक्षा समेत गर्नुुभयो । रिजालले बाणिज्य संघले यो अभियानका लागि समन्वय
गर्न लागेको भन्दै प्रमुख दायित्व तुलसीपुर नगर पालिकाको हुने समेत बताउनु
भयो । त्यसैगरि रिजालले अभियानका क्रममा सहभागिहरुले झाडु लगाउने भन्दा
जनचेतना अभिबृद्धिमा लाग्ने बताउनु भयो । उहाँले भन्नु भयो नगर वासीहरुलाई
आफनो घर वा पसल अगाडि आफै सफा गर्न पर्छ भन्ने जनचेतना अभिबृद्धि गर्नु
अभियानको प्रमुख उदेश्य हो । यो अभियानले तुलसीपुरलाई हरियालि ,
सरसफाई ,सवारि ब्यवस्थापन ,बजार ब्यवस्थापन लगाएतमा सहयोग पुग्ने रिजालको
भनाई रहेको थियो । अभियानका लागी कुनै कसै संग आर्थिक सहयोग
नमागिएको बताउदै रिजालले स्वत स्फुर्त रुपमा सवैले सहयोग गर्ने बताउनु भयो
। तुलसीपुर उद्योग बाणिज्य सघको समन्वय , तुलसीपुर नगरपालीकाको साझेदारि
र अन्य बिभिन्न संघ संस्थाको आयोजनामा अभियान गर्न लागीएको रिजालले
बताउनु भयो ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै तुलसीपुर नगर पालिकाका शाखा अधिकृत काजु
शर्माले अभियानका लागी तुलसीपुर नगर पालिका तयारि अवस्थामा रहेको बताउनु
भयो । तुलसीपुर नगर पालीकाले पनी स्वच्छ एव हराभरा तुलसीपुर बनाउन चाहेको
भन्दै नगरवासीहरुको सहयोगको अपेक्षा गर्नु भयो । शर्माले तुलसीपुरमा स्थाई
डम्पीङ साईड नहुदा केहि समस्या भए पनि फोहर ब्यवस्थापनका लागी लागि परेको
बताउनु भयो । तुलसीपुरमा हाल छाडा पशु चौपायाको समस्या बिस्तारै कम हुदै
गएको तर कुकुरको भने बिगविगि शुरु भएको बताउनुभयो । कुकुर नियण्त्रण गर्न
समस्या भएको उहाँको भनाई रहेको थियो । नगरपालिकाले यो वर्ष
तुलसीपुरको ख लाईनमा बृक्षा रोपन कार्यक्रम शुरु गरेको समेत जानकारि
दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij