आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

  • प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३



  • काठमाडौं–मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक० लाई सरकारमा लैजान कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । फोरम ९लोकतान्त्रिक० कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार राति  कुरा गर्दै पार्टीका एक उच्च नेताले त्यसको खुलासा गरे । उनले पार्टी बैठकमा पनि यसबारे चर्चा भएको खुलाए ।

    ‘प्रचण्डजी हामीलाई सरकारमा लिन तयारै हुनुहुन्छ, उहाँको तर्फबाट कतै अप्ठ्यारो छैन,’ ती नेताले भने, ‘तर शेरबहादुर दाइले मानिराख्नुभएको छैन । किन अप्ठ्यारो मान्नुभएको हो, थाहा हुन सकेको छैन ।’ यसबीचमा गच्छदारले देउवालाई मनाउने कोसिस गरे पनि उनले चासो नदेखाएको फोरम लोकतान्त्रिकका अर्का नेताले बताए ।

    ती नेताले प्रधानमन्त्री दाहालका निकटस्थबाट देउवासँग कुराकानी गर्न गच्छदारलाई सुझाव प्राप्त भएको समेत खुलाए । बिहीबारको बैठकले सरकारका बारेमा अरू दलसँग छलफल चलाउने जिम्मेवारी अध्यक्ष विजयकुमार गच्छदारलाई दिएको छ । पार्टीका अर्का नेता रामजनम चौधरीले बैठकमा नेताहरूले बोल्ने क्रम जारी रहेकाले शुक्रबार दिउँसो एक बजे पुनः बस्ने जानकारी दिए ।

    पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएको एक साता नाघिसक्दा दुईपल्ट मन्त्रिपरिषद् विस्तार भइसक्यो । अन्तिम घडीसम्म अघिल्ला प्रधानमन्त्री केपी ओलीलाई सघाउने वचन दिएको फोरम लोकतान्त्रिकले दाहालका पक्षमा भोट हाले पनि सरकारमा जाने प्रयास सफल हुन सकेको छैन । अपवादबाहेक सबै मन्त्रिपरिषद्मा सामेल हुने गरेका फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारलाई यसपटक सत्तारोहण सहज भएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij