प्रकाशित मिति : बिहिबार, भदौ १६, २०७३
समझदारी पत्रमा केयर रेटिङ्स्का डाइरेक्टर र प्रमुख कार्यकारी अधिकृत राजेश मोकासी, विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र इमर्जिङ नेपाल लिमिटेडका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरसेका हुन् ।
नयाँ स्थापना गरिने संस्थाको नाम केयर रेटिङ (नेपाल) लिमिटेड रहने छ । विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिङ नेपाल भेन्चर क्यापिटल क्षेत्रमा कार्यरत रहँदै आएको संस्था हो ।
२ करोडको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिङ (नेपाल) लिमिटेडको लगानीमा केयर रेटिङ्स् ५१ प्रतिशत, विशाल ग्रुपको १९ प्रतिशत र इमर्जिङ नेपालको १० प्रतिशत तथा बाँकी २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९ प्रतिशत ननाघ्ने गरी लगानी गर्न सकिने जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij