शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

विशाल ग्रुप र इमजिङ नेपालबीच सम्झौता

  • प्रकाशित मिति : बिहिबार, भदौ १६, २०७३



  •  काठमाडौ । नेपालमा क्रेडिट रेटिङ एजेन्सी स्थापना गर्न अन्तर्राष्ट्रिय संस्था केयर रेटिङले विशाल ग्रुप र इमजिङ नेपाल लिमिटेडसँग सम्झौता गरेको छ । यी संस्थाविच समझदारी पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

    समझदारी पत्रमा केयर रेटिङ्स्का डाइरेक्टर र प्रमुख कार्यकारी अधिकृत राजेश मोकासी, विशाल ग्रुपका प्रबन्ध निर्देशक अशोक कुमार अग्रवाल र इमर्जिङ नेपाल लिमिटेडका अध्यक्ष लालमणि जोशीले हस्ताक्षर गरसेका हुन् ।

    नयाँ स्थापना गरिने संस्थाको नाम केयर रेटिङ (नेपाल) लिमिटेड रहने छ । विशाल ग्रुप नेपालमा वित्तीय सेवाको क्षेत्रमा सक्रिय संस्था हो भने इमर्जिङ नेपाल भेन्चर क्यापिटल क्षेत्रमा कार्यरत रहँदै आएको संस्था हो ।

    २ करोडको चुक्ता पूँजीमा स्थापना हुने केयर रेटिङ (नेपाल) लिमिटेडको लगानीमा केयर रेटिङ्स् ५१ प्रतिशत, विशाल ग्रुपको १९ प्रतिशत र इमर्जिङ नेपालको १० प्रतिशत तथा बाँकी २० प्रतिशत बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट कम्पनीहरुबाट प्रति कम्पनी ९ प्रतिशत ननाघ्ने गरी लगानी गर्न सकिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij