प्रकाशित मिति : सोमवार, भदौ २०, २०७३
काठमाडौ । अटो मोवाइलको क्षेत्रमा ‘टोटल म्याक्स पावर’ नामक नयाँ प्रडक्ट सार्वजनिक भएको छ । नेपाल प्रहरीका एसएसपी मिलन बस्नेतले एक कार्यक्रमका अवसरमा यो उत्पादनको औपचारिक रुपमा उद्घाटन गरेका छन् ।
श्री पशुपति मेकानिकल ट्रेडर्स त्रिपुरेश्वरले ल्याएको यो प्रडक्टले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ क्रान्ति ल्याउने कम्पनीले दावी गरेको छ । कम्पनीले यो उत्पादनको प्रयोगले दैनिक सवारीमा आउने समस्यालाई हल गर्ने बताएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक अविनाश जजोडियाले भने–‘हामीले दैनिक प्रयोग गर्ने सवारी साधनमा माइलेज, पावर ,इन्जिन, क्लचलगायतमा धेरै समस्या आउने भएकाले यस उत्पादको प्रयोगबाट यस्तो समस्या हटेर जानेछ ।’ यो उत्पादनलाई बजारमा ल्याउनुअघि दुई महिनासम्म विभिन्न सवारी साधन र मोटरवाइकमा परिक्षण गरिएका र बजारमा ल्याइएको पनि उनले बताए ।
कम्पनीले सार्वजनिक गरेको टोटल म्याक्स पावर प्रविधि डिभाइसलाई सवारीमा जोडेपछि त्यसले इन्जिन र फ्यूल दुवैतिर काम गर्ने गर्छ । यसको ‘इलेक्ट्रोलाइसिस अफ वाटर’ प्रविधिले इन्जिन र फ्युलमा अक्सिडेसन बढाउने र जसले जुनसुकै सवारीको पनि पर्फमेन्स दिने कम्पनीले जनाएको छ ।
सो प्रविधकिो मोटरसाइकलमा परीक्षणसमेत गरेको थियो । तीन महिना समय लगाएर ५ हजार किलोमिटरसम्म परीक्षणमा यो प्रडक्टको प्रयोगले मोटरसाइकलको माइलेज ३५ प्रतिशत बिढी, क्षमता, पिकअप तथा इन्जिन चुस्त– दुरुस्त राख्न सहयोग पुर्याएको अनुसन्धानमा पुष्टि भएको कम्पनीले दावी गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij