प्रकाशित मिति : सोमवार, भदौ २०, २०७३
युएई। झापा खुदुनाबारी–४ निवासी मोहन प्रासाद सेलवालको १६ वर्षिय छोरी मेलिना सेलवालको दुई ओटै मृगौला फेल भए पछि उपचारमा सहयोग पुर्याउन युएई बाट प्रवासी नेपालीहरुले ८७०६० रुपैयाँ आर्थिक सहयोग पठाएका छन् ।
सो रकम मेलिना उपचार सहयोग समितीका सदस्य रोमनाथ घिमिरेको नाममा आइतबार आइएमई नेपालमा जम्मा भएको हो ।
काठमाण्डौं भक्तपुरको हुमेन अर्गन ट्रान्सप्लान सेन्टरमा उपचार गराइरहेकी मेलिनाको उपचारमा ठूलो धनराशी खर्च लाग्ने हुँदा सेलवाल परिवारको आर्थिक अवस्था कमजोर भएकोले युएई बाट विष्णु ढुँगेल, पदम राज भट्टराई र बालकृष्ण बुढाथोकीको सक्रीयतामा उक्त रकम संकलन भएको थियो ।
विगत डेढ वर्ष देखि उपचार गराउँदै आएकी पिडित मेलिनाको उपचारमा अहिले सम्म ११ लाख रुपैयाँ खर्च भइसकेको सेलवाल परिवारले जनाएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij