शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सल्यानका महिलाहरु तरकारी खेतीतर्फ आर्कषित

  • प्रकाशित मिति : सोमवार, भदौ २०, २०७३



  • सल्यान । सल्यानका महिलाहरु तरकारी खेतीतर्फ आर्कषित हुन थालेका छन् । महिलाहरुले गाउँ गाउँमा समुह गठन गरेर तरकारी खेतीमा कृयासिलता बढाएका छन् ।

    महिलाहरुलाई आयआर्जनको क्षेत्रमा अग्रसर बनाउने योजनाका साथ कृषि, स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहलले गाउ गाउमा कृषि उत्पादन सम्वन्धी तालिम दिदै आएको छ ।
    परम्परागत रुपमा तरकारी उत्पादन गर्दै आएका तर आवश्यक ज्ञान र सिप नहुँदा व्यबसायिक किसान बन्न नसकिरहेका महिलाहरु लक्षित गरेर समूह गठन गरिँदै आएको छ ।

    पहल कार्यक्रमले सामूहिक रुपमा प्लाष्टिक घर दिएपछि सबैको नजर तरकारी खेतीतर्फ आकर्षित भएको प्रगतिशिल कृषक समूह दमाचौर ३ की अध्यक्ष प्रिति कुमारी चन्दले जानकारी दिइन् ।
    यस्तै मुलखोला विउ उत्पादन कृषक समूह मैयानीकी अध्यक्ष कमला चन्दले पहलको कार्यक्रमले आफु र आफ्नो समूहलाई निकै परिवर्तन गराएको बताइन् ।

    कृषि उत्पादनको विषयमा महिला किसानलाई चाहिने मौषमी तथा बेमौषमी विउ, प्राविधिक जानकारी, रोग किरा लागेमा तत्काल अपनाउनु पर्ने उपचार विधी र प्रकृया, तरकारी उत्पादनदेखी बजार व्यबस्थापनसम्मको सहयोग गर्दै आइरहेको पहल कार्यक्रम सल्यानका कार्यक्रम संयोजक दुर्गा पुनले जानकारी दिए ।

    आर्थिक लेनदेनमा पुरुषको मात्र हात रहदा महिलाको काम मात्र गर्ने तर दुई चार पैसाको लागी पुरुष संगै हात फैलाउनु पर्ने परम्परागत समाजको संरचना बदल्नको लागी महिलाहरु लाई आर्थिक पक्षमा बलियो बनाउनको लागी आय आर्जनको लागि कार्यक्रम अघि बढाइएको पुनको भनाई रहेको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij