प्रकाशित मिति : सोमवार, भदौ २०, २०७३
काठमाडौ । सौदर्य प्रतियोगिताका बिजेता यतिवेला विभिन्न खाले सामाजिक उत्तरदायीत्वको काममा पनि उत्तिकै सक्रिय हुन थालेको पाइएको छ । समाजमा आफ्नो पहिचान र सामाजिक कामको अनुभावलाई साटासाट गर्नकै लागि भएपनि उनीहरुले त्यस्ता काममा सक्रियता देखाउन थालेका छन् ।
यसैक्रममा ‘मिस नेवा २०१६’ की एञ्जला श्रेष्ठ र ‘मिस नेवा २०१५’की सुनिता डंगोलले पनि महिलालाई स्तन तथा पाठेघर परिक्षण सम्वन्धी स्वास्थ्य शिविरमा खुलेरै आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गरेका छन् ।
महिलालाई स्वाथ्य सेवा दिने उद्देश्यले नेपाल अर्बुद्ध रोग निवारण संस्था काठमाडौ शाखाको आयोजनामा किर्तिपुरको पाँगामा आयोजित कार्यक्रममा ‘मिस नेवा २०१६’ की एञ्जला श्रेष्ठ र ‘मिस नेवा २०१५’की सुनिता डंगोलको पनि सहभागिता रहेको हो । त्यहाँ करिब ३ सय १५ जना महिलाले स्वास्थ सेवा लिएका छन् ।
शिबिरमा क्षेत्रपार्टी चिकित्सालयका डा. चन्द्र लक्ष्मी श्रेष्ठ, डा. इन्दिरा सत्याल ,डा.दिपा क्षत्री, डा. रिमा श्रेष्ठको टोलीले सहभागिको स्वास्थ परिक्षण गरेका थिए । पाँगा महिला बचत तथा ऋण सहकारी संस्थाको पहलमा आयोजित शिबिरमा नेपाल अर्बुद्ध रोग निवारण संस्था काठमाडौ शाखाका सभापती अजय सिंह सुवालले महिलाहरुमा स्तन तथा पाठेघरको समस्या दिन प्रतिदिन बिकराल देखिदै गएकोले जनचेतना र सेवाका लागी संस्थाले बेलाबेलामा शिविर आयोजना गर्ने गरेको बताए ।
कार्यक्रममा अर्बुद्ध रोग निवारण संस्था काठमाडौ शाखाका निर्वतमान सभापति भागवत श्रेष्ठ, सचिव दिब्य लक्ष्मी बज्राचार्य, कोषध्यक्ष श्रीकृष्ण महर्जन, उपसभापति हरिगोपाल प्रधान, सदश्य जुना श्रेष्ठ, बिरेन्द्र लाल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
करिब ५ घन्टा चलेको शिबिरमा सभापति अजय सिंह सुवालले शिविर संचालनमा सहयोग गर्ने संस्था तथा बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij