प्रकाशित मिति : सोमवार, भदौ २०, २०७३
काठमाडौ–मिडिया सोसाइटीले नेपालमा बिदेशी टेलिभिजन च्यानलहरुलाई नियमन गरि विज्ञापन रहित प्रशारण गर्न नीति तथा कानुन बनाउन आवश्यक भएको जनाएको छ । सोमबार राजधानीमा विदेशी च्यानलको प्रसारणका लागि आवश्यक नीति सार्वजनिक गर्दै सोसाइटीले सरकारले त्यस्तो नीति लागु गर्न आवश्यक भएको जनाएको हो ।
सोसाइटीले यो नीति मार्फत विदेशी विज्ञापनवाट नेपाली भाषा, संस्कृतीमा भएको अतिक्रमण रोक्ने, विदेशी टेलिभिजन च्यानहरुमा हुने विदेशी विज्ञापन प्रसारणलाई नियमित गर्ने, स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्ने विज्ञापनका माध्यमवाट राजश्व र रोजगारी वृद्धि गर्न सकिने भन्दै यस्तो नीति लिएको हो । विश्वका अन्य मुलुक अमेरिका, युरोपियन मुलुकहरु, दक्षिणपूर्वी एसियाली मुलुकहरुले विज्ञापन सहित प्रसारण गर्ने च्यानलहरुले ग्राहवाट शुल्क लिन नपाउने तर विज्ञापन रहितमा प्रसारण गर्ने च्यानलले मासिक शुल्क लिन पाउने व्यवस्था गरेको जनाइएको छ । अन्य मुलुकले पनि विदेशी च्यानलमा हुने विज्ञापन प्रसारणलाई नियमन गरेको भएपनि नेपालले त्यसको व्यवस्थापन नगरेको सोसाइटीले जनाएको छ ।
नेपालमा डाउनलोडिङ अनुमति लिई प्रसारण हुने विदेशी टेलिभिजन च्यानललाई विज्ञापन रहित बनाई दर्शकलाई स्वच्छ र सफा रुपमा हेर्न सक्ने वनाउन यो नीतिको आवश्यक रहेको सोसाइटीले जनाएको छ । स्वदेशी टेलिभिजन र एजेन्सी आतमनिर्भर वनाउन, गुणस्तर सुधार, भाषिक तथा साँस्कृतीक अतिक्रमण न्युन गर्न, रोजगारी सृजना, राजश्व संकलन र उद्योगका रुपमा विकास गर्न यो नीति आवश्यक रहेको जनाइएको छ ।
यस सम्वन्धमा सूचना तथा संचार मन्त्रालयले नेपालमा प्रशासण हुने विदेशी च्यानलहरु प्रसारणमा विज्ञापन रहित व्यवस्था गर्न सारेकारवालासँग छलफल गर्ने, प्रसारण नियमावलीमा संसोधन गर्ने, टेलिभिजन सिग्नल वितरण र केवुल वितरणमा छुट्टै नियामावली तर्जुमा गर्ने लगायतका कार्ययोजना समेत सोसाइटीले तयार पारेको छ ।
– See more at:
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij