शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

श्रीमानले सम्मान र पुरस्कार देखेर डाह लाग्थ्यो –श्रीमती

  • प्रकाशित मिति : बिहिबार, भदौ २३, २०७३



  •  काठमाडौं । नायव सुब्बा पदमा नाम निकालेर सरकारी सेवामा प्रवेश गरेकी विजु प्रधान (हाछेथु)ले बुधवार पहिलोपटक प्रधानमन्त्रीको हातबाट पुरस्कार पाइन् ।

    १३ औं निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बिजुले ५० हजार नगद सहितको सम्मानपत्र लिँदै गर्दा उनका श्रीमान प्रहरी इन्सपेक्टर सीताराम हाछेथु दर्शकदीर्घामा थिए ।

    ट्राफिक इन्सपेक्टर सीताराम भन्दा दुई बर्षअघि सरकारी सेवामा प्रवेश गरेकी बिजुले २८ बर्षको अवधिमा आफ्ना श्रीमान दर्जनौं पटक सम्मान र पुरस्कारले सजिएको देखिन् । त्यो देख्दा उनलाई पनि पुरस्कार पाउने भोक जाग्थ्यो, तर आफ्नो इच्छाले पुरस्कार कहाँ पाईन्थ्यो !

    बुधवार राजधानीमा आयोजित कार्यक्रममा पचास हजादर नगद सहित सम्मानपत्र पाएसँगै सितारामले बिजुलाई सेल्फि खिच्न आग्रह गरे । त्यतिवेला उनी केही बोलिनन्, हाँसि मात्रै रहिन् । साँझ घरमा पुगेपछि सम्मानपत्र कोठामा सजाँउदै बिजुले सीतारामलाई भनिन्, ‘तपाईको सम्मान र पुरस्कार देख्दा डाह लाग्थ्यो, आज मैले पनि पाएँ ।’

    निजामती सेवामा प्रवेश गरेपछी पहिलोपटक पुरस्कृत भएकी बिजुले रातोपाटीसँग कुरा गर्दै भनिन्, ‘प्रधानमन्त्रीको हातबाट पुरस्कार पाउँदा निकै खुसी लाग्यो, एउटा ईच्छा पुरा भएको अनुभुती भएको छ ।’

    दुबै जना सरकारी जागिरे भएपनि सीताराम सधैं पुरस्कार र सम्मानले सजिन्थे । ट्राफिकको सब–इन्सपेक्टर हुँदादेखि नै पुरस्कार पाउन थालेका हाछेथुले हालसम्म १२४ पटक सानाठुला सम्मान र पुरस्कार पाईसकेका छन् ।

    सीतारामले पाएका सम्मानपत्रले घरको भित्ता र कार्यालयको भित्ता झपक्कै ढाकेको देख्दा ‘उहाँको मेहनत, परिश्रम, इमान्दारीताले पुरस्कार पाउनु भएको होला भनेर पनि चित्त बुझाउँथे’ बिजुले भनिन्, ‘पछि आफैंलाई सोध्न थालेँ, ‘मैले गरेको काम के साच्चै पुरा छ त ?’

    घरधन्दा, छोराछोरी प्रतिको दायित्वका कारण अफिस जाने फर्कने भन्दा बाहेक उल्लेखनिय रुपमा केही गर्न नसकेको महसुस भएपछि उनले अठोट गरिन्, ‘महिलाले पनि पुरस्कार पाउन सक्ने गरी काम गर्न सक्छन् ।’ त्यसपछि उनले मनमनै दृढताका साथ काम गर्ने अठोट गरिन् ।

    बिजु प्रधान हाल जल तथा मौसम विभागको सिडिई (उपसचिव) छिन् । यस बर्ष पुरस्कृत हुनुमा विगतदेखि गर्दै आएको कामको सहि मुल्यांकन भएको बताउने बिजु आफू पुरस्कृत हुनुको कारण पहिल्याउँदै भन्छिन्, ‘आफूभन्दा माथिका हाकिमहरुसंग समन्वय गरेर काम गर्थें, विभागले दिएको जिम्मेवारी कसरी राम्रो भन्दा राम्रो तरिकाले पुरा गर्ने भन्ने बारे सोच्थे, मैले मातहतका कर्मचारीहरुसँग पनि समन्वय गरेर काम गरेको थिएँ ।’

    पुरुषको तुलनामा महिलालाई काम गर्न अप्ठेरो !
    पुरुषको तुलनामा महिलालाई काम गर्न अब्ठेरो हुने कारणले पुरुष सरह महिलाले परिणाम देखाउन नसक्ने अनुभव सुनाउँछिन् बिजु प्रधान (हाछेथु) । ‘क्षमताले भन्दा पनि अन्य कारण काम गर्न अप्ठेरो भएको मैले महसुस गरेँ’ उनले भनिन्, ‘राम्रो काम गर्ने मनसाय हुँदाहुँदै पनि केही अप्ठेराहरु अवश्य थिए ।’
    महिला कर्मचारी माथी कार्यालयको काम बाहेक छोराछोरी स्कुल पठाउनु पर्ने, घरको काम गर्नुपर्ने, चाडपर्वमा आफन्त–नातेदार बोलाएर सेवा गर्नु पर्ने थप दायित्वका कारण समस्या हुनेगरेको उनी बताउँछिन् ।

    घरको काम भ्याएर सरकारी सेवा गर्ने महिला बर्गकी प्रतिनिधि पात्र हुन्, बिजु । त्यसैले त पहिलो पटक पुरस्कृत हुँदा औधि खुसी भएकी छन् । उनले आफ्ने सम्मानपत्र श्रीमानको सम्मानपत्र टाँसेको भित्ताको एउटा कुनामा टाँसेकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij