प्रकाशित मिति : बिहिबार, भदौ २३, २०७३
बर्दिबासस्थित आयोगको कार्यालयका कार्यवाहक प्रहरी उपरिक्षक राज कुमार लम्सालको टोलीले बथनाहा गाविसका सचिव गुलाव चौधरीलाई पक्राउ गरेको हो ।
महिला दलित तथा वालवालिकाको भ्रमणको लागि गाविसबाट छुट्याईको एकलाख रुपयाको पछ्यौट गर्न उनले पैसा मागिरहेको वेला पक्राउ गरिएको प्रउ लम्सालले बताए ।
उनको साथवाट अख्तियारले नगद १० हजार घुस रकम बरामद गरेको छ ।
उजुरीकर्ता महिलाले गाविस सचिवले २० हजार मागेकोमा १० हजारमा सहमति भएको र त्यही उजुरीको आधारमा अख्तियारले प्लानिंगका साथ उनलाई पक्राउ गरेको हो ।
यता सचिव चौधरीले ति महिला आफ्नी भान्जी नाता पर्ने भएकी र उनले के कति कारणले आफुलाई फसाउन खोजेको हो आफुलाई थाहा नभएको बताएका छन ।
सचिव चौधरीलाई पक्राउपछि बर्दिवास स्थित अख्तियार कार्यालय लगिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij