शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

घरको न घाटको भए चिल्ला गढवासी

  • प्रकाशित मिति : बिहिबार, भदौ २३, २०७३



  • झापा । कनकाई नदीमा आएको बाढीले झापाको शिवशताक्षी नगरपालिका–८ का धर्मानन्दा रिजालको एक बिगाह खेतसहित घर बगाएपछि उनी अहिले घरको न घाटको भएका छन् ।

    धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढबाट केही दक्षिणमा रहेको उनको घर र एक बिगाह जमिन नदीले कटान गरेपछि उनी घरको न घाटको भएका हुन् ।
    केही समय अघिसम्म आफैँले उब्जाएको अन्नले घर व्यवहार चलाउँदै आएका उनको अब सम्पत्तिका नाममा पशु मात्र छन् ।
    पाँच जनाको परिवारसहित उनी अहिले छिमेकीको घरमा बस्तै आएका छन् । “नदी कटानले भएको एक बिगाह खेत पनि बगायो” रिजालले कनकाइ माईको भङ्गालो देखाउँदै भने– ऊ यही नेर थियो मेरो घर ।

    वर्षात्मा आएको माई खोलाको बाढीले धार परिर्वतन गरेसँगै कटान तीव्र पारेकाले रिजालसहित तुलसी तिम्सिना, श्रीप्रसाद सुब्बा, लालबहादुर सुब्बा, विष्णुप्रसाद अधिकारी र याममाया पोखरेल छिमेकिको आश्रयमा पुगेका हुन् ।

    नदीमा पानीको सतह घटे पनि कटान नरोकिएपछि त्रस्त चिल्लागढवासीमध्ये डम्वर रिजाल, विष्णुमाया रिजाल, मित्रलाल खरेल र छविलाल पोखरेलले घर भत्काउने तयारी गरिरहेका छन् । दिनानुदिन कटान तीव्र भएसँगै स्थानीयले लगाएको धानबालीमा पनि वस्तु चराउन थालेका छन् ।

    स्थानीयको शरणमा बसेका उनीहरुले आफूहरुलाई कसैले पनि आर्थिक सहयोग नगरेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटीले एक÷एक थान त्रिपाल र जिल्ला दैवी प्रकोप उद्धार समितिले रु ५÷५ हजारबाहेक अन्य सहयोग कतैबाट नजुटेको तिम्सिनाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij