आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घरको न घाटको भए चिल्ला गढवासी

  • प्रकाशित मिति : बिहिबार, भदौ २३, २०७३



  • झापा । कनकाई नदीमा आएको बाढीले झापाको शिवशताक्षी नगरपालिका–८ का धर्मानन्दा रिजालको एक बिगाह खेतसहित घर बगाएपछि उनी अहिले घरको न घाटको भएका छन् ।

    धार्मिक तथा पर्यटकीयस्थल चिल्लागढबाट केही दक्षिणमा रहेको उनको घर र एक बिगाह जमिन नदीले कटान गरेपछि उनी घरको न घाटको भएका हुन् ।
    केही समय अघिसम्म आफैँले उब्जाएको अन्नले घर व्यवहार चलाउँदै आएका उनको अब सम्पत्तिका नाममा पशु मात्र छन् ।
    पाँच जनाको परिवारसहित उनी अहिले छिमेकीको घरमा बस्तै आएका छन् । “नदी कटानले भएको एक बिगाह खेत पनि बगायो” रिजालले कनकाइ माईको भङ्गालो देखाउँदै भने– ऊ यही नेर थियो मेरो घर ।

    वर्षात्मा आएको माई खोलाको बाढीले धार परिर्वतन गरेसँगै कटान तीव्र पारेकाले रिजालसहित तुलसी तिम्सिना, श्रीप्रसाद सुब्बा, लालबहादुर सुब्बा, विष्णुप्रसाद अधिकारी र याममाया पोखरेल छिमेकिको आश्रयमा पुगेका हुन् ।

    नदीमा पानीको सतह घटे पनि कटान नरोकिएपछि त्रस्त चिल्लागढवासीमध्ये डम्वर रिजाल, विष्णुमाया रिजाल, मित्रलाल खरेल र छविलाल पोखरेलले घर भत्काउने तयारी गरिरहेका छन् । दिनानुदिन कटान तीव्र भएसँगै स्थानीयले लगाएको धानबालीमा पनि वस्तु चराउन थालेका छन् ।

    स्थानीयको शरणमा बसेका उनीहरुले आफूहरुलाई कसैले पनि आर्थिक सहयोग नगरेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटीले एक÷एक थान त्रिपाल र जिल्ला दैवी प्रकोप उद्धार समितिले रु ५÷५ हजारबाहेक अन्य सहयोग कतैबाट नजुटेको तिम्सिनाले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij