आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

न्यूनतम पारिश्रमिक लागू नभए आन्दोलन गर्ने महासंघको चेतावनी

  • प्रकाशित मिति : बिहिबार, भदौ २३, २०७३



  • भक्तपुर ।  नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभए महासङ्घले आन्दोलन गर्ने बताएका छन् ।

    रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले सञ्चारगृहले तत्कालै न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरे महासङ्घले चरणबद्ध रुपमा सञ्चारगृह केन्द्रित आन्दोलन गर्ने बताए ।

    पत्रकार बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटका विषयमा समेत सम्बोधन नभएकाले यसको कार्यान्वयनतर्फ सरकारलाई तत्कालै कदम चाल्न उनले आग्रह गरे ।

    कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले नेपालमा औँलामा गन्न मिल्ने सञ्चारमाध्यमबाहेक अन्य सञ्चारमाध्यम आर्थिक सङ्कटमा रहेकाले मिडियालाई आर्थिक रुपमा सबल पार्न नसके समस्या नसुल्झने बताउँदै पत्रकारिता क्षेत्रमा युवा पुस्ताको आकर्षण बढे पनि केही वर्ष काम गरेपछि भविष्य अन्धकार देखेर यस क्षेत्रबाट पलायन हुने क्रम उत्तिकै बढेकामा चिन्ता व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij