आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बजेटआश्रित विधेयक अघि बढाउन विकल्प खोज्दै सरकार

  • प्रकाशित मिति : शुक्रबार, भदौ २४, २०७३



  • काठमाडौं । संसद्मा विचाराधीन चालू आर्थिक वर्ष ०७३–७४ को बजेटसँग आश्रित तीन विधेयक अघि बढाउन कानुनी जटिलता देखिएपछि सरकारले विकल्प खोज्न थालेको छ । संसद् नियमावली, २०७३ अनुसार संसद्ले एकपटक अस्वीकृत गरेको विधेयक सोही अधिवेशनमा पुनः प्रस्तुत गर्न पाइँदैन । बजेटसँग आश्रित तीन विधेयक चालू अधिवेशनमै अस्वीकृत भएकाले पुनः पेस गर्न सकिँदैन ।

    अब सरकारसँग चालू अधिवेशनलाई अन्त्य गरी अर्को अधिवेशन बोलाउने वा नियमावलीको व्यवस्था निलम्बन गरी विधेयक पारित गर्ने विकल्प छन् । संसद्को अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान तथा अन्त्य गर्ने व्यवस्था छ । यस विषयलाई राजनीतिक सहमतिमै टुंग्याउने सरकारको तयारी रहेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले बताए ।

    सरकारले यसअघि अस्वीकृत भएका ती विधेयक १५ मंसिरभित्र संसद्बाट पारित गराइसक्नुपर्नेछ । व्यवस्थापिका–संसद्को ७ साउनको बैठकमा बहुमतले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (एक्काइसौंँ संशोधन) विधेयकलाई अस्वीकृत गरेको थियो ।

    संसद्को चालू अधिवेशन २१ वैशाख ०७३ बाट सुरु भएको हो । व्यवस्थापिका–संसद् नियमावली, २०७३ को परिच्छेद १७ को नियम १४२ मा ‘एकपटक बैठकबाट अस्वीकृत भएको विधेयक सोही अधिवेशनमा पुनः प्रस्तुत गरिनेछैन’ भन्ने उल्लेख छ ।

    बजेटसँग जोडिएको विनियोजन विधेयक २५ असारमा संसद्बाट पारित भइसकेको छ । अर्थात् विभिन्न मन्त्रालय र निकायका लागि छुट्याइएको साधारण (चालू) र विकास (पुँजीगत) खर्च पारित भइसकेको छ । तर, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पारित नभएकाले सरकारले आन्तरिक तथा बाह्य ऋण उठाउन भने पाउँदैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij