कपिलवस्तु । कपिलवस्तुको बहादुरगंज–१ स्थित इलाका प्रहरी कार्यालयमा बहादुरगन्जमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । रातीको समयमा ड्युटीमा खटिएका प्रहरी जवान निशान खनालको अचानक स्वास्थ्यमा समस्या आएको थियो ।
उनको तत्काल स्थानीय शिवराज अस्पतालमा सामान्य उपचार गराई थप उपचारका लागि भैरहवा मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक विष्णु कुमार केसीले जानकारी दिए ।
खनालको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने प्रहरी उपरीक्षक केसीले बताए । मृतकको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ ।