शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सडक अवरुद्ध हुँदा किसानलाई सास्ती

  • प्रकाशित मिति : शुक्रबार, भदौ २४, २०७३



  • मुस्ताङ  ।करिब ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकखण्डको विभिन्न ठाउँमा खसेको पहिरोका कारण सवारी साधन सञ्चालनमा आउन नसक्दा पर्यटक र स्याउ किसान सास्ती खेप्न बाध्य भएका छन् ।

    पर्यटक र किसानले सडक सञ्चालनका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् । कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भारतीय पर्यटक मारमा परेका छन भने किसानले सडक अवरुद्ध हुँदा स्याउ टिप्न सकेका छैनन् ।

    एकहप्ता अघि बाढीले बेगखोला र तिब्ल्याङ क्षेत्रमा सडक बगाएको छ । गुइँठे र चमेरेलगायतका स्थानमा झरेको पहिरो हटाउन सकिएको छैन । अगुवा किसान आशबहादुर थकालीले स्याउ टिप्न नपाउँदा किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए ।

    सडक अवरुद्ध हुँदा पैदल मार्गबाट आउने पर्यटक आउन नसकेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमका पर्यटन सहायक बेलबहादुर पुनले बताउनुभयो । “धेरैले भ्रमण स्थगित गरेका छन्,” उनले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij