शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अब घर–घरमा ट्राफिक सन्देश

  • प्रकाशित मिति : आइतवार, भदौ २६, २०७३



  • ललितपुर । सवारी दुर्घटना कम गराउन र ट्राफिक नियम पालना गराउने उद्देश्यले ट्राफिक प्रहरी ललितपुरले घर–घरमा ट्राफिक सन्देश अभियान ल्याएको छ ।

    रोटरी क्लब अफ सैबुले शनिबार राजधानीमा आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा ललितपुर ट्राफिक प्रहरीले यस्तो अभियान ल्याएको हो ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रकाश अर्यालले देशमा वर्षेनी २ हजारभन्दा बढी मानिसले सवारी दुर्घटनाबाट ज्यान गुमाउने गरेको बताए । सवारी दुर्घटना न्यूनीकरणको उत्तम उपाय सवारी नियम पालना गर्नु नै रहेको उनले बताए ।

    ललितपुरमा ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका निभाएको भन्दै रोटरी क्लब अफ सैबुले ललितपुर ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेथुलाई सम्मान गरेको छ ।

    कार्यक्रममा हाछेथुले ट्राफिक सम्बन्धी जनचेतनामूलक डकमेन्ट्री प्रदर्शनी गरेका थिए । उनले भने, ‘जनचेतना बिना ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरण नहुने भएकाले यस्तो अभियान सुरु गरिएको बताए ।’

    ‘ट्राफिक प्रहरीले सडकमा धुवाँधुलो, हावापानी केही नभनी ट्राफिक व्यवस्थापनलाई मध्यनजर गरी काम गरिरहेका हुन्छन्,’ कार्यक्रममा उपस्थित वक्ताहरुलले भने, ‘यसरी काम गर्दा पनि ट्राफिक गल्ती गर्नेहरुले उल्टै प्रहरीको अपमान गर्ने गरेको देखिन्छ, सुनिन्छ, साह्रै दुख लाग्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij