शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ललितपुरमा मोबाइल एक्स्पो सुरु

  • प्रकाशित मिति : आइतवार, भदौ २६, २०७३



  • काठमाडौ । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ शुरु गरेको छ । यहि शुक्रबारदेखि सुरु भएको एक्सपोमा मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजना लागु भएको छ ।

    एक्स्पोको संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाहीले उद्घाटन गरेका थिए । ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा सूचना प्रविधि र मोबाइलको विकास गर्न कम्प्लेक्सले महाविर पुनको अभियानलाई सहयोग गर्ने बताए ।

    हरेक मोबाइलको खरिदमा १० रुपैयाँ महाविर पुनको अभियान अन्तर्गत स्थापना हुने राष्ट्रिय आविस्कार सेन्टरलाई दिने घोषणा गरिएको जनाइएको छ ।

    केन्द्रलाई ललितपुर मोबाइल कम्प्लेक्सले १ वर्षसम्म प्रत्येक मोबाइलको बिक्रीबाट आएको रकम प्रदान गरिने जनाएको छ । मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

    सामसोङ, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij