आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अतिक्रमण हटाउने अभियान कागजमै सीमित

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३



  • धनगढी ।  धनगढी उपमहानगरपालिका क्षेत्रमा भएको अतिक्रमण हटाउन बनाइएको ‘अविलम्ब अतिक्रमण हटाउ अभियान’ कागजमै सीमित हुन पुगेको छ ।

    नौ महिनाअघि भएको नगरपरिषद्को बैठकमा कार्यकारी अधिकृत रामलाल श्रेष्ठले उपमहानगर क्षेत्रका खोलानाला, सडक, सार्वजनिक जग्गामा बढ्दै गएको अतिक्रमण हटाउन ‘अविलम्ब अतिक्रमण हटाउ अभियान’को घोषणा गरे पनि अहिलेसम्म यो कार्यान्वयन हुन नसक्दा कागजमै सीमित हुन पुगेको हो ।

    परिषद्को बैठकमा गरिएको प्रतिबद्धताबमोजिम अतिक्रमित क्षेत्रको पहिचान गरी प्रतिवेदन तयार पार्न गठन गरिएको समितिले अध्ययन प्रतिवेदन दिएको लामो समय भइसक्दा पनि अभियानको कार्यान्वयन गर्नेतर्फ उपमहानगरपालिका कार्यालयले चासो देखाएको छैन ।

    प्रतिवेदन आएपछि अतिक्रमण हटाउन सम्बन्धितलाई सूचना गर्ने र अतिक्रमण हटाउन नमान्नेलाई बल प्रयोग गरी हटाउने तयारी उपमहानगरले नौ महिना अघि नै गरेको थियो ।

    खासगरी बजार क्षेत्र हुँदै बग्ने कैलाली नाला, भंगी नाला र सुकुटी नाला मिचेर संरचना निर्माण गर्ने, सडक दायाँ बायाँ बनेका नालीमा फोहर जम्मा हुने गरे पनि त्यसको समयमै सरसफाइ नगर्ने गरिएको कारण थोरै वर्षा हुँदा पनि पानीको निकास हुन नसकेर उपमहानगरको बजार क्षेत्रका वडामा डुबानको समस्या ठूलो छ ।

    यस्तै बजार क्षेत्रको मुख्य सडक दायाँ बायाँको भाग मिचेर व्यापार व्यवसाय गर्ने प्रवृत्तिले सडक साँघुरो हुँदै गएको छ । फलस्वरुप सडक साघुँरो भई आवागमनमा निकै समस्या हुने गरेको अनुभव सर्वसाधारणले गर्ने गरेका छन् ।

    यसबाहेक सडकमा पर्ने जग्गा मिचेर बनाइने गरिएका संरचनाका कारण बजार क्षेत्रको सडक साँघुरिदै जाँदा बेला बखत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ ।

    व्यक्तिका नाममा प्रकृतिक खोलाको कतिपय ठाउँको जग्गा दर्ता गरिएको विगतको गल्तीका कारणले नै अहिले आएर डुबानको समस्या भोग्नुपरेको स्थानीयवासीको भनाइ छ ।

    उपमहानगरपालिका कार्यालयका इन्जिनियर दिजराज भट्ट भने अतिक्रमण हटाउन तयारी भइरहेको बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij