शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सर्वोत्कृष्ट विद्यालय बनेपछि खुसीयाली मनाइयो

  • प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३



  • पोखरा ।  देशभरका ३५ हजार सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वोत्कृष्ट बनेको पोखरा उपमहानगरपालिका– १२ स्थित शीतलादेवी माविले आइतबार एक भव्य कार्यक्रमका बीच हर्षोल्लास मनाएको छ ।

    साधनस्रोतले सम्पन्न धेरै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कँदै गएका अवस्थामा सरकारबाट आठ वटा दरबन्दी र तीन वटा राहत कोटा मात्र पाएर अन्य सबै निजी स्रोतबाट सञ्चालनमा आएको विद्यालय सर्वोत्कृष्ट बनेको भन्दै विद्यार्थी, अभिभावक एवम् शिक्षकले सामूहिक रुपमा हर्षोल्लास मनाएका हुन् ।

    विद्यालयले ३७औँ शिक्षा दिवस एवम् साक्षरता दिवसका अवसरमा सरकारबाट यही भदौ २३ गते यस वर्षको सर्वोत्कृष्ट विद्यालयका रुपमा रु दुई लाख नगद पुरस्कारसहित राष्ट्रिय सिल्ड प्राप्त गरेको थियो ।

    विद्यालयले उत्कृष्ट भएबापत सरकारबाट प्राप्त गरेको राष्ट्रिय सिल्ड, रु दुई लाखको चेकसहित विद्यार्थी, शिक्षक तथा अभिभावक सहभागी ¥यालीले विद्यालय आसपासका विभिन्न भागको परिक्रमा गरेको थियो ।

    प्रत्येक वर्षको शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले सामुदायिक र संस्थागत विद्यालयबाट राष्ट्रिय र क्षेत्रीय उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत गर्ने गरेकोमा सामुदायिकतर्फको सर्वोत्कृष्ट विद्यालयको पुरस्कार एवम् सम्मान शीतलादेवीले प्राप्त गरेकोमा अत्यन्त हर्ष लागेको विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले बताए ।

    देशका अधिकांश सामुदायिक विद्यालय राजनीतिकरणको प्रभावमा परे पनि शीतलादेवीलाई त्यसको प्रभावले छुन नसकेका कारण सफलता हासिल गर्न सकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले बताउनुभयो ।

    विद्यार्थी, शिक्षक तथा अभिभावकको सक्रियता तथा मेहनतको प्रतिफलस्वरुप विद्यालयले सर्वोत्कृष्ट स्थान ओगट्न सफल बनेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष शिरोमणि बरालले चर्चा गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij