प्रकाशित मिति : सोमवार, भदौ २७, २०७३
काठमाडौं । दिवंगत नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमती नायिका श्वेता खड्का क्रमशः आफ्नो सामान्य जीवनमा फर्कंदैछिन् । उनले चम्किलो रातो रङको गाउन लगाएर फोटोसुट गराएकी छिन् । उनका अनुसार उनले यो रङ दुई वर्षपछि लगाएकी हुन् ।
उनले रातो पहिरनमा सजिएर गराएको फोटोसुटका केही तस्बिर सोमबार दिउँसो आफ्नो फेसबुक अकाउन्टमा पोष्ट गरेकी छिन् । उनका यी तस्बिरहरु तस्बिर स्टुडियोका अनिलले खिचेका हुन् । फेमीनाईन र हंकले उनलाई यो राम्रो अटफिट प्रदान गर्नुका साथै उनको मेकअप र कपालको जिम्मा सिमा गुरुङले लिएको श्वेताले जानकारी दिएकी छिन् ।
उनले रोजिना श्रेष्ठलाई आफूलाई यो आत्मविश्वास दिलाउन सहयोग गरेकोमा धन्यवाद पनि दिएकी छिन् ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij