शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

खाद्य संस्थानले तीनहजार खसी बोका ल्याउने

  • प्रकाशित मिति : मङ्लबार, भदौ २८, २०७३



  • काठमाडौँ  ।   नेपाल खाद्य संस्थानले यस वर्षको दसैँका लागि करिब तीन हजार खसी बोका ल्याउने भएको छ ।

    प्रत्येक वर्ष दसैँमा सर्वसाधारणलाई सहुलियत मूल्यमा मासु उपलब्ध गराउने उद्देश्यले स्वदेश तथा विदेशका विभिन्न स्थानबाट संस्थानले खसी बोका ल्याउने गर्दछ । मुस्ताङबाट एक हजार ५०० च्याङ्ग्रा तथा भारतका विभिन्न ठाउँबाट सोही सङ्ख्यामा खसी बोका ल्याउन लागिएको संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले जानकारी दिए ।

    दसैँमा मासुको माग अत्यधिक हुने हुँदा मूल्य पनि आकासिने गर्दछ । त्यसलाई नियन्त्रण गर्नका लागि संस्थानले खसीबोका ल्याई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । घटस्थापनासम्म खसी–बोका ल्याउने र फूलपातीसम्म बिक्री–वितरण गर्ने संस्थानले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij