प्रकाशित मिति : मङ्लबार, भदौ २८, २०७३
ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएकी ४४ वर्षिया हरिमायाले परम्परागत तरिकाले गर्दै आएको कृषि पेशालाई अझ ब्यवस्थित बनाउदैं स्वनिर्भरता तर्फको यात्रा तय गरेकी छिन् ।
उनको परिमार्जित खेती प्रणालीले घरको आर्थिक स्तर राम्रो बन्दै गएको छ । स्थानीय श्रोत र साधनको प्रयोग गर्दै उनले फलफुल बगैंचा, नर्सरी जस्ता व्यवसाय विगत ६ वर्ष अगाडीदेखि आफ्नै जमिनमा सञ्चालन गर्दै आएकी छन् । उनले आफ्नो जमिनमा विभिन्न जातका बिरुवाहरु उत्पादन तथा बिक्रीवितरणको समेत गर्न थालेकी छन् ।
जुनार, जापानिज हलुवावेद, किवी, सुन्तला जस्त फलफुल उत्पादन तथा बिक्रीवितरणले उनको आर्थिक हैसित उक्सिएको मात्रै छने, डडुवा आसपासमा उनि उदाहरणीय बन्दै छिन् । गाउँको चार रोपनी जमिनमा नर्सरी तथा ८ रोपनीमा उनले विभीन्न जातको फलफूल लगाएकी छन् । हरिमायाले यसरी आफ्नै स्थानीय स्तरमै कृषि पेशामा राम्रो प्रगति गरेको देखेर छिमेकी गाउँलेहरुले पनि नर्सरी खेती तथा फलफूल ब्यवसायप्रति रुची देखाएका छन् । जसले गर्दा डडुवामा उनले मात्रै अपनाएको यो ब्यवसाय अहिले गाउँभरीका किशानहरुले अपनाएको देख्न सकिन्छ ।
हरिमायाले उत्पादन गरेको फलफूलहरु स्थानीय समुदाय तथा सदरमुकमा मन्थलीमा खपत हुँदै आएको छ ।
‘गाउँकै चार जनालाई रोजागरी पनि दिएकी छु’ हरिमायाले भनिन्, ‘यो ब्यवसायबाट वार्षिक चार लाखभन्दा बढीको आम्दानी हुन थालेको छ ।’
पहिलेको तुलनामा अहिले ब्यवसाय सञ्चालन गर्न सजिलो भएको उल्लेख गर्दै हरिमायाले भनिन्, ‘हाम्रो गाँउमा यसरी नर्सरी तथा फलफूल खेती गर्ने चलन थिएन, यसको महत्वबारे गाउँका कसैलाई थाहा थिएन् ।’
ब्यवसायिक रुपमा नयाँ कामको शुरुवात गर्दा कामदारको समस्या प्रमुख भएको दुःखेको पोखेकी हरिमायाले गाँउमा मजदुरी गर्नेको ज्याला ५०/६० हुदाँपनि आफुले १५० सम्म दिएर खेत खनजोत गर्न लगाएको बताईन् ।
‘बिउ,विरुवाहरु ल्याउन पनि गाह्रो थियो’ उनले भनिन्, ‘खोजेको, भनेको जस्तो बिउहरु पाउन निकै समस्या थियो, तर अहिले त्यस्तो समस्या छैन ।’
परिवारको पुरा सहयोगले सफल उद्यमीको परिचय बनाउकी मोक्तानले आफ्नो मेहनको कमाप्रति निकै खुसी ब्यक्त गरिन् । शात र मिलनसार स्वभावकी मोक्तानको प्रगति देखेर स्थानीय अन्य महिला तथा गाँउलेहरुलाई पनि प्रेरणा मिलेको रामेछाप मन्थलीका श्रिधर घिमिरे बताए ।
सोही ब्यवसायबाट गरिएको आम्दानीबाट हरिमायाले आफ्ना चार सन्तानहरुलाई राम्रो र गुणस्तरिय शिक्षा दिएकी छिन् । उनकी जेठी छोरी एच. ए.को पढाई गर्दै छिन् भने अन्य छोरा छोरीहरु पनि राम्रो स्कूल कलेजमा पढिरहेका छन् ।
केही महिनाअघी दायित्वनामक संस्थाले रामेछापमा आयोजना गरेको ‘दायित्व इन्टरप्राइज च्यालेञ्ज’ प्रतियोगितामा उत्कृष्ट १० उद्यमीमध्येमा पर्न सफल हरिमायाले प्रोत्साहन स्वरुप २५ हजार नगद सहि प्रमाण पत्र प्राप्त गरिन् ।
तियोगितामा जिल्ला भरिबाट ३१९ उद्यमीहरु सहभागी थिए ।
आगामी दिनमा आफ्नो ब्यवसायलाई बिस्तार गर्दै थप युवाहरुलाई रोजागरी दिने बातावरण तयार पार्नु आफ्नो भविष्यको योजना रहेको हरिमायाले बताईन् । उद्यमशीलताको क्षेत्रमा स्थानीय तथा आसपासको समुदायकालागि प्रेरणाको श्रोत बनेकी हरिमायाको सफलताको कथाबाट हामीले पनि केही सिक्ने कि ? आखिर गरे के हुँदैन, हरिमायाबाट सिकौं !’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij