शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा ठूली जातको मेला

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • बैतडी ।  बैतडीको देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा मेला सुरु भएको छ । मन्दिरमा अनन्त चतुर्दशीका दिन लाग्ने ठूली जातको मेला मङ्गलबारदेखि सुरुवात गरिएको निङ्गलाशैनी भगवतीका पुजारी देवदत्त भट्टले जानकारी दिए ।

    “भण्डारघरबाट भगवतीको सवारी मन्दिरमा गराइएको छ”, उनले भने, “तीनरात मन्दिरमा बस्ने भक्तजनले मङ्गलबारदेखि मन्दिरमा भक्तिभावका साथ बस्ने गरेका छन् ।” मङ्गलबारदेखि नै निङ्गलाशैनी भगवतीको मन्दिरमा विशेष पूजा लाग्ने अनन्त चतुर्दशीको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिइने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाको दिन बिहानै पूजा गरेर भगवतीको सवारी भण्डार गरिने प्रचलन रहेको छ ।

    अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेलामा नेपालसहित भारतका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको बताइएको छ । यो जात्रामा बलि नहुने र यो जातलाई ठूली जातका रुपमा मनाउने गरेको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर बोहराले बताए । निङ्गलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूर्णिमा, चैतको अष्टमी र असार शुक्ल पूर्णिमाका दिन विशेष जात्रा र मेला हुने गर्दछ । असोज र चैतको जात्रामा राँगाको बलि दिने चलनसमेत रहिआएको छ ।

    यसैबीच, अनन्त चतुर्दशीको अवसरमा निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन निङ्गलाशैनी धाार्मिक सेवा समिति र मेला व्यवस्थापन समितिले सबैमा आग्रह गरेका छन् ।

    मेला अवधिभर मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएकाले कसैले सेवन तथा बिक्री–वितरण नगरिदिन हुन आग्रह पनि गरिएको छ । कसैले समितिको निर्णय विपरीत मेलास्थलमा मदिरा सेवन तथा बिक्री–वितरण गरेको पाइएमा कारबाही गरिने मेला व्यवस्थापन समितिका अध्यक्ष रनबहादुर बोहराले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij