शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सप्तरीमा सर्पको बिगबिगी, महिनामा सातको मृत्यु

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • राजविराज   ।   सप्तरी जिल्लामा सर्पदंशको घटनामा वृद्धि भइरहेका बेला पछिल्लो समय मङ्गलबार एक महिलाको सर्पदंशबाट ज्यान गएको छ ।

    योसँगै जिल्लामा एक महिनाको अवधिमा अहिलेसम्म सर्पदंशबाट सातजनाको मृत्यु भइसकेको छ । पछिल्लो पटक सप्तरीको लालापट्टी–९ निवासी ५५ वर्षीया बेचनीदेवी मण्डललाई खेतमा घाँस काट्ने क्रममा विषालु सर्पले टोक्दा उनको मृत्यु भएको छ ।

    यस्तै, सप्तरीको अर्नाहा–२ मा घरमा बसेर टेलिभिजन हेर्ने क्रममा स्थानीयवासी १५ वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको थियो । यो दुई घटनासँगै सप्तरीमा एक महिनाको अवधिमा हालसम्म सातजनाको सर्पदंशबाट मृत्यु भइसकेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

    त्यस्तै, राजविराजस्थित गजेन्द्रनारायणसिँह सगरमाथा अञ्चल असतालमा एक महिनाको अवधिमा २०० भन्दा बढी सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ ।

    त्यसमध्ये हालसम्म सातजनाको मृत्यु भएको बताइएको छ । यहाँ वर्षा र अत्यधिक गर्मीका कारण सर्पदंशका घटना ह्वात्तै बढेको अनुमान गरिएको छ । अस्पतालमा दैनिक अहिले पाँचदेखि ६ वटा सर्पदंशको बिरामी उपचारका लागि आउने गरको अस्पताल स्रोतले जनाएको छ ।

    यस्तै, अञ्चल अस्पतालबाहेकका अन्य स्वास्थ्य संस्था तथा निजी क्लिनिकमा उपचारका लागि बिरामी आउने गरेको पाइएको छ । यसैबीच, सर्पदंशको उपचारमा प्रयोग हुने एन्टीस्नेक भेनम अस्पतालमा अवश्यकताअनुसार पर्याप्त रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा दिलिप साहले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij