आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • पाँचथर  ।  पाँचथरमा अर्गानिक चिया मात्रै उत्पादन गरिने भएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेको र मूल्य पनि राम्रो भएकाले अर्गानिक चिया उत्पादन गरिने भएको हो ।

    जिल्लामा केही चिया प्रशोधन गर्ने कारखानाले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् । कञ्जनजङ्घा टी स्टेट, लाली चिया सहकारी संस्था, लेकाली अर्गानिक चिया उद्योग र पाथीभरा टी स्टेटले अर्गानिक चिया उत्पादन गर्दै आएका छन् भने अन्य चिया प्रशोधन गर्ने कारखानाले पनि अर्गानिक चिया प्रशोधन गर्ने तयारीमा जुटेका छन् । एक÷दुई वर्षमै जिल्लाका कारखानाले प्रशोधन गर्ने चिया अर्गानिक मात्रै हुने अर्गानिक चिया प्रशोधन गर्दै आएका लालीचिया सहकारी संस्थाका प्रमुख टङ्कप्रसाद राईले बताए ।

    उनका अनुसार अर्गानिक चियाको उत्पादन कम हुने भएपनि मूल्य राम्रो छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार योजना प्रमुख रामजीवन ठाकुरले चियाको बेर्ना तयारी पनि विषादीरहित हुने, गाईवस्तुको मल र गड्यौले मललगायत मात्रै प्रयोग गरिने र बगानमा रोगकिरा नियन्त्रणका लागि विषादी पनि प्रयोग नगरिएको चियाको पत्तीलाई प्रशोधन गरी अर्गानिक चिया तयार गरिन्छ ।

    उनले किसान उत्पादन कम नै भएपनि मूल्य राम्रो भएकाले अर्गानिक चिया उत्पादनतिर लागेको पनि बताए । केन्द्रीय चिया सहकारी सङ्घले तीन वर्षअघि पाँचथरमा अर्गानिक चिया उत्पादन गर्न किसान र प्रशोधन गर्ने कारखानालाई सुझाव दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij