प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३
ग्रामीण भेगका जनताको स्वास्थ्य उपचार गर्ने भन्दै डा. गोबिन्द केसी रोल्पा आएका छन् । झोलामा केहि औषधि बोकेर मंगलबार राजधानीबाट हिँडेका उनले बुधबार र बिहीबार रोल्पाको सुलिचौरमा शिविर चलाउने बताए ।
सहयोगी बिना नै मंगलबार साँझ सदरमुकाम लिवाङ आइपुगेका केसी लिबाङस्थित एक होटेलमा बास बसेका छन् । बुधबार बिहानै उनी बस चढेर शिविर चलाउन सुलिचौर प्रस्थान गरेका छन् ।
डा. केसीले रोल्पाका संघ संस्था र जिल्ला अस्पतालको सहयोगको अपेक्षा गरेको बताए । चिकित्सा क्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत चिकित्सक डा. केसीले आफ्ना मागप्रति सरकारले बेवास्ता गरे असोज ३ गतेबाट फेरि अनसन बस्ने घोषणा गर्दै आएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij