शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नारायणघाटमा बिहीबार एनसेल मेला

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • काठमाडौ  । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले बिहीबार नारायणघाटमा एनसेल मेला आयोजना गर्ने भएको छ । कम्पनीले रि—ब्राण्डिङ्ग पश्चात नजिकिदै गरेको चाडपर्वको अवसर पारेर आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र आफ्नो नयाँ ब्राण्ड चिनाउन नारायणी किनारमा एनसेल मेला गर्न लागेको हो ।
    मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेला बिहान ११ बजे शुरु हुने र विविध कार्यक्रम, गतिविधि र कन्सर्ट सहित साँझ सम्म चल्ने कम्पनीले जनाएको छ । चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका केहीविषेश आर्कषणहरु रहने जनाइएको छ ।
    यसदेखि बाहेक मेलामा आउने आगन्तुकले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने र डेटा सेवा, थ्रिजीको गति र अन्य डिभास एनसेलको विषेश हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्ने जनाइएको छ ।
    मेलामा कलाकार सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ, समृद्घी राई र एक्स व्याण्डको प्रस्तुती रहनेछन् । त्यसैगरी, कार्टुन्जक्रु, युभिएन्जल्स् र डिजे रुपेशले आफ्नो प्रस्तुतीबाट दर्शकलाई मनोरन्जन प्रदान गर्नेछन् । प्रवेश निःशुल्क गरिएको यस मेलामा सबै उमेरका दर्शकहरुका लागि विविध कार्यक्रमहरु समाबेश गरिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij