प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३
भक्तपुर। भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा उपचारको क्रममा एक युवतीको ज्यान गएपछि तनाव भएको छ ।
सामान्य पेट दुखेर अस्पतालमा पुगेकी सिन्धुली झाँगाझोली घर भई हाल लोकन्थली बस्दै आएकी मीना विश्वकर्माको उपचारको क्रममा गएराती मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
बिहानैदेखि विरोधमा आफन्त उत्रिएपछि अस्पतालको सेवा प्रभावित बनेको छ । आफन्तले मृतकलाई उचित क्षतिपूर्ति तथा दोषी चिकित्सकमाथि कारबाहीको माग गरेका छन् । उनीहरुले सो माग पूरा नभएसम्म शब नउठाउने अडान समेत लिएका छन् ।
अस्पतालले भने मृत्युबारे अहिलेसम्म केहि प्रतिक्रिया दिएको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij