आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फ्लोरिकल्चर एशोसिएसनको अध्यक्षमा कुमार कसजु

  • प्रकाशित मिति : बुधबार, भदौ २९, २०७३



  • काठमाडौ । फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)को अध्यक्षमा कुमार कसजु श्रेष्ठ निर्बाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा कसजु अध्यक्षमा निर्बाचित भएका हुन् ।
    फ्यानको २४ औं साधारण सभामाभएको निर्बाचनमा कसजुले संजिब कार्कीलाई ४ मतले पराजित गर्दै निर्वाचित भएका छन् । फ्यानको बरिष्ठ उपाध्यक्षमा दिलिप बादे, उपाध्यक्षमा रामजी तिमिल्सेना र सचिबमा बिश्वमणि पोखरेल बिजयी भएका छन् ।
    उपाध्यक्ष र सचिब पद भने निर्बिरोध भएको हो ।
    लामो समय फ्लोरिकल्चर एशोसिएसनमा उपाध्यक्ष तथा मेला संयोजक बनेर काम गरेका कसजुले काठमाडौं नर्सरी मार्फत आफ्नो व्यवसायलाई उत्तिकै रुपमा सफलब नाएका छन् ।
    आन्तरिक कारण देखाएर निवर्तमान अध्यक्ष लोकनाथ गैरेले अध्यक्ष पदबाट राजीनामा दिएपछि फ्यानले लामो समय नेतृत्व पाउन सकेको थिएन ।
    कार्यक्रमको उद्घाटन कृषि बिकास मन्त्री गौरी शंकर चौधरीले गरेका थिए । उनले दुई महिना भित्रै किसान आयोग गठन गर्ने घोषणा गरेका छन् । उनले कृषि क्षेत्रको विकासका लागि किसान आयोग गठन गर्न लागेको बताएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij