शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

झोलामा औषधि बोकेर डाक्टर केसी सुटुक्क रोल्पा पुगे

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • रोल्पा  ।  कसैलाई थाहै नदिएर डा गोविन्द केसी रोल्पा आएर बिरामीको उपचार गरेका छन् । झोलामा औषधि बोकेर सार्वजनिक बसमा आएका डा केसीले बुधबार बिहानदेखि सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर बिरामीको उपचार थालेका हुन् ।

    प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा मिलन बज्राचार्यका अनुसार डा केसी बिहान १०ः३० बजे सुलिचौर पुगेका थिए । स्वास्थ्य केन्द्र पुग्नुभन्दा दुई घन्टाअघि मात्र डा केसीले इन्चार्जलाई जानकारी दिएका थिए । मङ्गलबार बिहान काठमाडौँबाट हिँडेका उनी बेलुका सदरमुकाम लिवाङ आएका थिए । सहयोगीबिना एक्लै आएका उनी बुधबार बिहानै सार्वजनिक बसबाट सुलिचौर हिँडेका थिए ।

    यसपटक सदरमुकामबाट करिव २१ किलोमिटर पूर्वको सुलिचौरमा उनले उपचार थालेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार डा केसीले बुधबार पहिलो दिनमै ६० भन्दा बढी बिरामीको उपचार गरेका छन् । बेलुका ५ बजेसम्म ओपिडीमा उनले बिरामी जाँचेका थिए । आफैंले बोकेर ल्याएको औषधि बिरामीलाई वितरण गरिएको डा बज्राचार्य बताउँछन् ।

    सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिएका डा केसी सुलिचौर आएको थाहा पाएपछि बजार क्षेत्रका बिरामी उपचारमा गएका थिए । हाडजोर्नीका विशेषज्ञ केसी सुटुक्क आएकाले धेरै बिरामी आएका छैनन् । “रोल्पाली विपन्न बिरामीको उपचारमा सघाउने मनसायले आएको हुँ”, डा. केसीले पत्रकारसँग कुरा गर्दै सरकारले आफ्ना माग पुरा गर्न गम्भीरता नदेखाएकाले संविधान जारी भएकै दिन असोज ३ गतेको अनसनका लागि यहाँबाट आफू बिहीबार बेलुका नै काठमाडौँ फर्कने बताए ।

    डा केसीले भने, “दुई दिन भएपनि सेवा दिन आएको हुँ ।” विपत्ति परेको बेला मात्र होइन अरुबेला पनि दुर्गम गाउँमा पुगेर बिरामीको उपचार गर्न हौसिने डा केसी दोस्रोपटक आएका हुन् । दुई वर्षअघि उनी जिल्ला अस्पताल, रेउघा आएर स्वास्थ्यकर्मीलाई हाडजोर्नीसम्बन्धी आधारभूत ज्ञानको अभिमुखीकरण गरेका थिए । त्यति बेलापनि बिरामीको उपचार गरेका थिए । शिविर बुधबार र बिहीबार बेलुकीसम्म चल्ने बताइएको छ ।

    चिकित्सा शिक्षा नीति अलपत्र पारेको र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै सरकारलाई नवौँ सत्याग्रहको अल्टिमेटम दिएका डा केसीले आफ्नो माग पूरा नभए रोल्पाबाट फर्केलगत्तै पुनः अनसन सुरु गर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij