शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दशैं नजिकिएसँगै दक्षिणी सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • कञ्चनपुर ।  दसैँलगायतका चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

    चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, आतङ्कित गतिविधि नियन्त्रण गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय बेलौरीले सुरक्षा सतर्कता बढाएको हो ।

    सीमा क्षेत्रका अवाञ्छित क्रियाकलाप हुन सक्ने क्षेत्रहरुको पहिचान गरी चौबीसै घन्टा प्रहरी परिचालन गरी निगरानी बढाइएको इप्रका बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले बताए ।

    “भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएका छौँ” – उनले भने ।

    दैनिक सादा पोसाक र पोसाकमा गस्ती टोलीलाई परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    सीमा क्षेत्रमा भारत नेपाल संयुक्त गस्तीको कार्यलाई समेत परिचालन गरिएको उनले उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij