शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रचण्ड पनि ओलीकै उत्तराधिकारीजस्तो देखिदै छन्ः श्रेष्ठ

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • काठमाडौं  ।   संघीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको निर्णय र कार्यशैली पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै उत्तराधिकारीजस्तै देखिदैँ गएको बताएका छन् ।

    भदौं २९ गतेको मन्त्रिपरिषद्को निर्णयले विवादित संविधानको प्रावधानअनुसार सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गर्ने गरी त्यसको मुकाम तोकेकोप्रति नेता श्रेष्ठले यस्तो कडा प्रतिक्रिया दिएका हुन् ।

    आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासम्मिलित २९ दलीय र घटकसहितको संघीय गठबन्धनसँग गत साउन १९ गते गरिएको तीन बुँदे सहमतिको मर्म र भावना विपरित सरकार अघि बढिरहेको ससफो नेपालका सहअध्यक्ष श्रेष्ठले आरोप लगाए, ‘यथास्थिती र प्रतिगमनलाई नै फाइदा हुने गरी प्रचण्ड सरकार अघि बढ्नु स्वयम् सरकारकै लागि फाइदा हुने छैन । यो निर्णयले प्रचण्डमा पनि केपी आलीकै भूतसवार भएको देखिन्छ । उच्च अदालतको मुकाम तोक्नु आन्दोलनरत पक्षहरुमाथि विश्वासघात समेत हो ।’

    ‘तीन बुँदेको मूल स्पिरिट भनेको नै संविधान संशोधन हो । त्यसमा पनि पहिचानसहितको संघीयता, प्रदेशको सिमाकंन हेरफेर, स्वायत्त र संरक्षित क्षेत्र निर्धारण, समानुपातिक समावेशिता, धर्म रिपेक्षता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकतालगायत मुद्धाहरूको सम्बोधन हुन्’ तीन बुँदे सहमतिका लागि वार्ता प्रक्रियामा संलग्न नेता श्रेष्ठले भने, ‘सरकारको यो प्रक्रिया अबिलम्ब रोकिनुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij