आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सत्ता पक्ष र विपक्षको विदेश नीति फरक हुन नहुने खनालकाे भनार्इ

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • चितवन  । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आवश्यक गृहकार्य नगर्दा नेपालका प्रधानमन्त्री भारत भ्रमणमा जाँदा विवादमा पर्ने गरेको बताएका छन् ।

    भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले भारत भ्रमण जानुअघि प्रधानमन्त्रीले जुन ढङ्गको गृहकार्य गर्नुपर्ने हो त्यो नहुँदा फस्ने गरेको बताए  । उनले भने – “आफ्नै कारणले फसेका पनि छन् र फसाइएका पनि छन् ।” आफू दह्रो भएर नजाँदा फसेका र फसाइएका प्रशस्त उदाहरण रहेको पनि उनले औँल्याए ।

    खनालले भने – “भारत जाँदा जुन शीर ठाडो छ, आउँदा शीर निहुराउन नपरोस् भन्ने हामी चाहन्छौँ ।” राष्ट्रको सर्वाेपरि हितलाई ध्यानमा राखेर सन्धिसम्झौता गर्नुपर्ने सुझावसहित नेकपा (एमाले)ले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा एक ज्ञापनपत्र समेत दिएको उनले बताए । उनले भने “एमालेले लोकतन्त्र, राष्ट्रियता, सीमा, देशको सार्वभौमसत्तालगायतका विषयमा गम्भीर हुन सुझाएको छ ।”

    भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने नेता खनालको धारणा छ । मुलुकको विदेश नीति सत्ता पक्ष र विपक्षको फरक कहिल्यै हुन नहुने पनि उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij