प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३
रुकुम । झट्ट हेर्दा लाग्छ यो कुनै खानेपानीको मुहान नजिकैको बाटो हो तर यो खानेपानी नजिकैको बाटो नभई यो सदरमुकाम मुसिकोट बजारको मुख्य लाइर्नमै रहेको बाटो हो । जिल्ला प्रहरी कार्यालय रुकुम जाने सडक र जिल्ला विकास समिति रुकुम जोड्ने ठाडो लाईनको बाटो हो ।
सदरमुकामबासीहरु त यो बाटोमा ओहोरदोहोर गर्न लागेको धेरै समय भईसक्यो । सदरमुकामबासीले यस्तो समस्या देखेर हैरानै भएका छन् । बजारबासीले यस्तो समस्या पचाईसकेपनि गाउँगाउँबाट आउने सर्वसाधारण र अड्डा अदालत जाने हजारौ सेवाग्राहीहरु भने सदरमुकामकै बाटोमा यस्तो दुर्दशा देख्दा अचम्मित हुने गरेका छन् ।
जिल्ला विकास समिति रुकुममा काम विशेषले जान लागेका एक आठविसकोट १ का एक सेवाग्राही प्रकाश गौतम खानेपानीका पाईप जथाभावी राख्दा आफु लडेर घाईते भएको बताए । त्यस्तै घेत्मा ३ की विमला मल्ल पनि विद्यालयको काम सकेर घर फर्किदै गर्दा पाईपमा जिप्टिएर लडेको बताए ।
खेमराज र विमला त उदाहरण मात्र हुन् । यस बाटोमा दैनिक ५ देखि ७ जना मान्छेहरु पाईपमा जेलिएर लड्ने गरेको एक व्यवसायीले बताए । यस्तो समस्या जिप्रका सडक लाईन, बालमन्दिर ठाडो बाटो, शहिदमैदानदेखि खानेपानी कार्यालय जाने ठाडो लाईन, उच्च मावि खलंगाको बाटो लाईन लगायतका ठाउँका बाटाहरुमा यस्तो समस्या देखिएको छ ।
यसरी बाटोमै खानेपानीका पाईप तेस्र्याउनेमा केही घरबेटी, केही व्यवसायी र खानेपानीका कर्मचारीहरुको संलग्नता रहेको सदरमुकामबासीहरुको आरोप छ । यसरी खानेपानीका पाईप सदरमुकामकै मुख्य बाटोमा तेस्याईदा हजारौ सर्वसाधारणहरुलाई बाटोमा ओहोरदोहोर गर्न निकै सास्ती व्यहोर्नुपरेको छ । उक्त बाटोमा हिड्न बालबच्चा, अपांग र बृद्धवृद्धाहरुलाई निकै सास्ती हुने गरेको छ । विजयश्वरी बोर्डिंगमा पढ्न विद्यार्थीहरु दैनिक लड्ने गरेका छन् ।
उक्त बोटोमा दैनिक रुपमा नेता, व्यवसायी, कर्मचारी, सर्वसाधारण, शिक्षक लगायत हजारौ ओहोरदोहोर गर्छन तर कसैले कुरा उठाउन सकेका छैनन् । यसरी मुख्य बाटोमै खानेपानीका पाईप राखिदा निकै अप्ठेरो भएको जानकारी पटकपटक गराउँदा पनि जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय, मुसिकोट खानेपानी उपभोक्ता समिति, जिल्ला विकास समिति रुकुम र स्थानीय प्रशासन, रुकुम उद्योग वाणिज्य संघ लगायत मौन रहेका छन् ।
पटक पटक खानेपानीका पाईपलाई गाडेर वा उपयुक्त हुने गरी विस्तार गर्न आफुहरुले जति आग्रह गरेपनि उल्टै आफुहरुलाई हप्काउने गरेको एक व्यवसायीले भने । उनले भने उल्टै बढी बोले हाम्रै खानेपानीका लाई काट्ने धम्की आउँछ, त्यसैले केही बोल्दैन, एक व्यवसायीले भन्नुभयो । सम्बन्धित सरोकारवालाहरुले यस्तो समस्या देखेपनि नदेखेझै गरेका छन् । सदरमुकामकै मुख्य बाटोमा यस्तो समस्या देखिदा गाउँगाउँमा त झन कति समस्या होला? आफै अनुमान गर्न सकिन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij