शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

राउटेका उत्पादनले बजार पाउन छाडे

  • प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३



  • दैलेख । दक्षिण एशियाकै लोपोन्मुख जाति राउटे समुदायले बनाएका भाँडाकुँडा विक्री हुन छाडेका छन् । गाउँ गाउँमा सडकपुगेङ्गै  प्लास्टिकका भाँडाकुँडा आयात हुन थालेपछि राउटे समुदायका भाँडाकुँडा कम विक्री हुन थालेका हुन् ।

    कु—काठबाट बनाइएका  भाँडाकुडा कम बिक्री हुन थालेपछि आफ्नो जनतालाई कसरी पाल्ने भन्ने चिन्ता लाग्ने गरेको राउटे महामुखिया महिनबहादुर शाहीले बताए । ‘गाउँमा भने जस्तो काठ पाइन छोड्यो । नराम्रो काठका भाँडा कसैले राख्दैनन् । राम्रो काठ पाउँदैनौं । मेरा जनता भोकले मर्छन्, उनले भने, ‘ बञ्चरो, बासुल्लो र छिनोको सहायताले काठबाट कोशी, आरी, खाट, झुमाआदि बनाउने गरेका छन् ।

    अन्नसँग मात्र भाँडाकुँडा साट्ने गरेका उनीहरुले आधुनिक परिवर्तनसँगै रूपैयाँमा बिक्री गर्न थालेका हुन् । नेपाल सरकारले राष्ट्रिय वनक्षेत्रलाई समुदायमा हस्तान्तरण गर्ने नियमले सबैभन्दा ठूलो समस्या यो जातिलाई परेको स्थानीय बुद्धिजिवीहरु बताउँछन् । राष्ट्रिय वनमा राउटेले जथाभावी काठ काट्ने गर्दथे । समुदायमा हस्तान्तरण भएपछि आफु खुशी रुख काट्न नपाइने हुँदा खानाको जोहो लागि समस्या हुने गरेको राउटे सँग काम गर्दै आएका अछाम भैरवस्थान–९ का धनबहादुर विसीले बताए ।

    संविधानमा घोषणा हुनु अगावै राउटे समुदायका अगुवाले काठमाडौं पुगेर नेपाल सरकारका उच्च पदाधिकारीसँग भेट गरी आफूहरुलाई स्वतन्त्ररुपमा जङ्गल र काठ काट्न पाउनुपर्ने, लोपोन्मुख भत्तामा बृद्धि गर्नुपर्ने माग राखेका थिए । राउटे समुदायका महाशत्रु स्थायी बसोबास लेखपढ र खेतीपाती भएकाले नेपाल सरकारका उच्चपदाधिकारीले गरेको आग्रहलाई उनीहरुले  अस्वीकार गरेका थिए ।

    नेपाल सरकारले नेपालको एकमात्र भ्रमणशील समुदाय लागि छुट्टै कार्ययोजना बनाई लागू गर्नुपर्ने कटेम्पोररी भिजन नेपालका हरि थापाले बताए । उनले भने, ‘यो समुदाय नेपालको सम्पदा र मध्यपश्चिमको गहना हो । यो जातीको संस्कार संस्कृतिलाई बचाई राख्न लोप हुन नदिन  समाजशास्त्री, मानवशास्त्री, अर्थशास्त्रीहरुले अध्ययन थालिनुपर्छ’ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij