प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३
काठमाडौं । रंगशाला सफाई गर्न त्यहाँ पुगेका खेलकुद मन्त्री दलजीत श्रीपाइलीले त्यहाँ ट्वाइलेट सफा गरेका छन् ।
कुचो बोकेर आफै ट्वाइलेट भित्र पसेका मन्त्री श्रीपाली ट्वाइलेट सफा गरेका थिए ।
माओवादी केन्द्रका स्वर्गीय नेता पोष्ट बहादुर बोगटीको दोश्रो स्मृति दिवसको अवसरमा आयोजित रंगशाला सरसफाई कार्यक्रममा सहभागी मन्त्री श्रीपालीले झाडु र खुर्पा बोकेर आफै सरसफाइमा सहभागी भएका थिए ।
सरसफाईको क्रममा रंगशालाको प्याराफिटमा उम्रेका झारहरु उखलिएको थियो भने झाडु लगाएर सफा समेत गरिएको थियो । यसै क्रममा मन्त्री श्रीपालीले फुटवल मैदानमा उम्रेको लामो घाँस पनि मेसिन लगाएर काटे ।
नेपालको एक मात्र अन्तराष्ट्रियस्तरको रंगशाला भूकम्पले क्षति बनाएको थियो । त्यसपछि त्यहाँ खेल हुन छाडेका थिए । खेल हुन छाडेपछि रंगशालाको प्याराफिटमा झार उमिएको थियो । माओवादी केन्द्र निटक विद्यार्थी संगठनले त्यहाँ सफाई कार्यक्रम राखेको थियो । रंगशाला सफा गर्दै मन्त्रीले भने, ‘अव देशलाई सफा बनाउने हो, सुन्दर बनाउने हो ।’
विहिवार साँझ फेसवुकमा स्टाट्स लेखेर मन्त्रीले सवैलाई सफाई अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।
उनको स्टाटसमा थियो– हामी नै यो संसार बनाउन र बदल्न सक्छौं । नेपालको सभ्यता र गरिमासँग जोडिएको दशरथ रंगशालामा सरसफाइमा जुटौं ।हातमा हसियाँ, कोदोलो,कुटो, झाडु बोकेर शुक्रबार बिहान ७ बजे दशरथ रंगशालामा जम्मा हौं।
युवा तथा खेलकुदमन्त्रालयको आयोजनामा एउटा सकारात्मक कार्यको थालनी गरौं । आउनुहोस्, हाम्रो गरिमा बचाउने दायित्व हाम्रो कांधमा छ । खेलसँग व्यक्तिको स्वस्थ्य जोडिएको छ । व्यक्तिको स्वास्थसँग राष्ट्रको समृद्धि मिसिएको छ । दशरथ रंगशालामा तपाईहरुलाई स्वागत गर्न आतुर छौँ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij