आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्जिनियर्स एसोसिएसनको चुनाव हुँदै, मतगणना आजै

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • काठमाडौँ   । नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औँ कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्का सदस्यको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

    नयाँ नेतृत्वका लागि अहिले बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटौंडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकै दिन निर्वाचन हुँदैछ । काठमाडौमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान ८ बजेदेखि निर्वाचन भईरहेको निर्वाचन समितिका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी गराए ।

    उनका अनुसार निर्वाचनको समय अहिले बिहान ८ देखि बेलुका ६ बजेसम्म राखिएको छ । तीन वर्षका लागि हुन थालेको निर्वाचनमा अध्यक्षका लागि प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक इन्जिनियर्स समूह हरेराम श्रेष्ठ र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह डा जगतकुमार श्रेष्ठ तथा अन्य समूहबाट लक्ष्मीप्रसाद देवकोटा र रवीन्द्र फुर्जु नयाँ नेतृत्वका लागि चुनावी मैदानमा छन् ।

    अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्य तथा परिषद्मा पाँच गरी कुल २० जनाको निर्वाचन हुँदैछ । निर्वाचनमा कार्यकारणी समितिमा ७५ र परिषद् सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन् ।

    विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार १३५ मतदाता रहेको निर्वाचन समितिका अध्यक्ष पौडेलले बताए । उनले निर्वाचन सम्पन्न भइसकेपछि मतगणना आजै हुने जानकारी गराए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij