आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जुम्लामा सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा बढी

  • प्रकाशित मिति : शुक्रबार, भदौ ३१, २०७३



  • जुम्ला  ।  जिल्ला अदालत जुम्लामा सबैभन्दा बढी सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा आउने गरेको पाइएको छ ।

    जिल्ला न्यायाधीश कृपासुर कार्कीको अध्यक्षतामा विहिबार आयोजित पत्रकार भेटघाटमा यो कुरा जानकारी दिइएको हो । अदालतमा यो वर्ष जमानी रहेका र दर्ता गरिएका ७४ मुद्दामध्ये ३५ वटा सम्बन्ध विच्छेद र अंशबन्डाका मुद्दा रहेको स्रेस्तेदार अधिकृत पुष्पराज पाण्डेयले जनाए । ७४ मुद्दामध्ये देवानी ४०, व्यक्तिवादी फौजदारी २४, सरकारी फौजदारी मुद्दा १० रहेकामा १२ वटा फछ्र्यौैट भइसकेको अधिकृत पाण्डेले बताए ।

    उनका अनुसार गत वर्षका ८० मुद्दामा ३२ फैसला भएको र ४८ यो वर्षको जिम्मेवारीमा आएका छन् । यसरी दर्ता भएका मुद्दामा केही मुद्दा विशेष प्राथमिकतामा पर्ने अदालतले जनाएको छ जसमा थुनुवा, बालबालिका, छुवाछूत, ७५ वर्षमाथिका व्यक्ति र महिलावादी मुद्दालाई छिटो फैसला गरिनेछ ।

    यसैगरी, नागरिकलाई एक घन्टाको तारिख तोक्ने र नक्कल दिने सेवासमेत दिइएको जनाइएको छ । जुम्लामा सानै उमेरमा विवाह गर्ने, बहुविवाह गर्ने र यसलाई संस्कारका रुपमा लिँदै आएकाले बढी सम्बन्ध विच्छेदका मुद्दा आउने गरेको अदालतले औँल्याएको छ । गत वर्ष र चालु आव गरी जुम्ला अदालतमा दुईजना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएको स्रेस्तेदार अधिकृत पाण्डेले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij