प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
काठमाडौं । नुवाकोट तारुकास्थित श्रीकृष्ण उच्च माध्यामिक विद्यालयले ५२ औं बालदिवसको अवसर पारेर विगत लामो समयदेखि विद्यालयमा अध्यापन गराउने दुई शिक्षकलाई भव्य रुपमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
गत २९ गते बुधबार विद्यालय प्राङ्गणमा सम्पन्न गरेको कार्यक्रममा विगत ३८ बर्षदेखि कार्यरत केशवप्रसाद खतिवडा र विगत २५ बर्षदेखि कार्यरत भरतमान प्रधानलाई विद्यालयका शिक्षक शिक्षिका तथा स्थानीयबासी र विद्यार्थीले सम्मान तथा बिदाई गरेका थिए ।
उक्त बिद्यालयको बिदाई तथा सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै बिद्यालयका शिक्षिका मञ्जुमान प्रधानले तारुकाको शैक्षिक विकासमा शिक्षकद्धय केशव खतिवडा र भरतमान प्रधानको ठूलो योगदान रहेको भन्दै उनीहरुलाई तारुकाका विद्यालय तथा स्थानीयबासीले सम्मान गरेको बताए ।
नुवाकोट जिल्ला शिक्षा कार्यलयका विद्यालय निरिक्षक कृष्ण घिमिरेको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिद्यालयका प्राध्यापक रामकृष्ण अधिकारीले शिक्षकद्धयको खुलेर प्रशंसा गर्दै उनीहरुलाई विद्यालयले सधै सम्झिरहने बताए ।
कार्यक्रममा समाजसेवी शिव अधिकारीले शिक्षाको ज्योती विना समग्र देशको विकाश हुन नसक्ने भन्दै शिक्षकद्धयले देखाएको बाटो अद्भुत भएको बताए । उनले तारुकामा भूकम्पपश्चात तिनवटा विद्यालय भवन निर्माण गरिसकेको सँगसँगै खानेपानी र अस्पतालको काम पनि आफ्नै पहलमा दुई महिनाभित्रबाट सुचारु हुने बताए ।
उनले आफ्नो तारुका बिकासको अभियानमा बाधा अड्चन नगरी सहयोग गर्न समेत राजनीतिक पार्टीलाई आग्रह गरे । आफूलाई जस्तोसुकै चुनौति आएपनि तारुकाको समग्र विकासको लागि अहोरात्र लागिरहने बताउँदै राजनीतिको नाममा राजनीति नभई विकासको लागि राजनीति गर्न आफू जानकार भएको समेत बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij