प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
काठमाडौं । चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार बिहानदेखि साँझसम्म चारपटक भेट भएको छ ।
प्रचण्डलाई स्वागत गर्ने क्रममा मोदी र प्रचण्डको पहिलो भेट बिहानै राष्ट्रपति भवनमा भएको थियो भने नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्ताको क्रममा दोस्रो भेट भएको थियो ।
प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा शिष्टाचार भेटवार्ता हुँदा तेस्रोे भेट भएको थियो । २५ बुँदे संयुक्त बक्तब्य जारी गर्ने क्रममा शुक्रबार साँझ उनीहरुको चौथो भेट भएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकोे राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति भवनमा स्वागत गर्दै ।
नयाँदिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय वार्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री पुष्पकमल दाहाल ।
दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार स्वागतपछि अभिवादन गर्नुहुँदै ।
भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा शुक्रबार शिष्टाचार भेटवार्ता हुँदै ।
भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा शुक्रबार शिष्टाचार भेटवार्ता हुँदै ।
दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।
दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक ।
दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार स्वागत गर्नुहुँदै ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij