प्रकाशित मिति : शनिबार, अशोज १, २०७३
इटहरी । सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्री सुरेन्द्र बहादुर कार्कीले विदेश नीतिसँगै बिशिष्ट किसिमको छिमेक नीति आवश्यक रहेको औलाएका छन् ।
शनिबार बिहान इटहरीमा संचारकर्मीसँग कुरा गर्दै कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले कुनै नयाँ सन्धि सम्भौता नगरेता पनि विगतमा दुई देश बिच भएका सम्झौतालाई निरन्तरर्ता दिँदै कार्यन्वयनको लागि पहल गर्ने जानकारी गराएका छन् । 
मन्त्री कार्कीले छिमके फेर्न नसकिे बताउँदै अव छिमेकसँग तित्तता पुर्ण भन्दा पनि विशिष्ट किसिमको सम्बन्ध स्थापाति गरेर मात्र मुलुकको हितका लागि अघि बढ्न सकिने बताए ।
संचारकर्मीको सेवा सुविधाको बारेमा बोल्दै मन्त्री कार्कीले सबै क्षेत्रसँग छलफलको कार्य तीव्र पारिएको भन्दै अघिल्लो सरकारहरुले ल्याएको संचारमैत्री नीतिलाई आफुले पनि आत्मसाथ गर्ने बताए ।
उनले सासदको श्रम समिति सँग पटक पटक छलफल भइसकेको जानकारी गराउँदै अब यहि सरकारको पालामा संचारकर्मीलाई न्युनतम पारिश्रमिक उपलव्ध गराएर छाड्ने बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij