शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

एक प्राध्यापकको सम्पत्तिको नाममा तीन जोर लुगा, एउटा साइकल

  • प्रकाशित मिति : शनिबार, अशोज १, २०७३



  • एक आइआइटी प्राध्यापकको जीवनशैली कस्तो होला ? तपाईंको सोच्नुहोला सम्पन्न जीवनशैली, ह्वाइट कलर जब, चम्किलो गाडी, बंगला र पर्याप्त सम्पत्ती । तर आज हामी तपाईंलाई एउटा यस्तो आइआइटिएन बारे बताउँदैछौं जसले उच्चस्तरको जीवनयापन गर्न सक्थे तर उनले जीवनयापन गर्नका लागि संघर्षको बाटो रोजे, गरिब आदिवासीको लागि संघर्ष ।

    आलोक सागर आइआइटी दिल्लीका पूर्व प्राध्यापक हुन् । उनको चर्चा त्यतिबेला चुलियो जतिबेला घोडाडोंगरी उपचुनावको क्रममा पुलिसले उनलाई पुष्टिको नाममा थाना बोलाए । आलोक विगत २६ वर्षदेखि आदिवासीको बाहुल्य रहेको गाउँ कोचामूमा बसिरहेका छन् ।

    कोचामू राजधानी भोपालबाट करिब १६५ किलोमिटर टाढा बैतुल जिल्लामा पर्दछ । करिब ७ सय ५० को जनसंख्या रहेको यो गाउँमा अहिलेसम्म बत्ती पुगेको छैन । यस गाउँमा शिक्षाको नाममा प्राथमिक विद्यालय र ग्रामिणको स्वास्थ्य अहिलेसम्म भगवान भरोसामा छोडिएको छ ।

    iit-professor2आलोक ९० को दशकमा आदिवासी श्रमिक संगठनका आफ्ना केही साथीहरुमार्फत मध्यप्रदेशमा पुगे र त्यतिबेलादेखि यहाँ बसिरहेका छन् । उनले सन् १९६६ देखि ७१ सम्म दिल्ली आइआइटीबाट बीटेक गरे र त्यसपछि सन् १९७१ देखि ७३ सम्म एमटेक गरेपछि पीएचडी गर्नका लागि राइस युनिभर्सिटी ह्यूस्टनको सहारा लिए । पीएचडी पछि उनले डेढ वर्षसम्म अमेरिकामा काम पनि गरे र पद्धि सन् १९८०–८१ मा भारत फर्केपछि दिल्लीको आइआइटीमा एक वर्ष पढाए ।

    iit-professor3काम छोडेर गाउँमा काम किन गरेको भन्ने प्रश्नमा आलोकले गम्भीरतापूर्वक जवाफ दिँदै भने, ‘जे समाजबाट लिएको थिएँ अब त्यसलाई फिर्ता पनि त दिनु पर्यो ।’ कुनै पनि साधारण भारतीयभन्दा धेरै राम्रा विकल्प हुँदा हुँदै पनि किन यस्तो जीवन बाँचेको भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘म बाल्यकालदेखि नै भगवानको नजिक जाँदा खुसी हुने गर्दथें र मैले आफ्नो बाटो आफैंले बनाएको छु, अहिलेसम्म म सन्तुष्ट छु ।’

    कुनैबेला देशको लागि आइआइटीएन तयार गर्ने आलोकसँग कूल सम्पत्तिको नाममा तीन जोर कुर्ता र एउटा साइकल छ । २६ वर्षदेखि उनी जुन आदिवासीको घरमा बसिरहेका छन् त्यो घरमा एउटा ढोका पनि छैन । ढोकाको बारेमा सोध्दा उनको जवाफ, ‘यसको आवश्यक नै छैन’ थियो । घरभाडा स्वरुप उनले थोरै पैसा दिने गरेको बताए ।

    आदिवासी श्रमिक संगठनसँग सहकार्य गरेर उनी आदिवासीहरुको हक–अधिकारका लागि विगत लामो समयदेखि संघर्ष गरिरहेका छन् । उनी थुप्रै भाषाका जानकार हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij