प्रकाशित मिति : आइतवार, अशोज २, २०७३
महोत्तरी । ६ दिनयता यहाँ आमरण अनसनमा वसेका ४ जना अनसनकारीकोस्वास्थ्य अवस्था झनै विग्रदै गएको छ । निर्माणधीन हुलाकी राजमार्ग ६ लेनको हुनुपर्ने लगायत ५ बुंदे मांग राखी उनीहरु अनसनमा बसेका हुन् ।
अनसन वस्नेहरुमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा,नेकपा माओवादी केन्द्रका युवा नेता सत्येन्द्र यादव,तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला सदस्य रमन कुमार ठाकुर र स्वतन्त्र मधेश गठबन्धनका नेता रंजित राज मधेशी रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मनिष पाण्डेयलाई स्लाईनिंगको आवश्यक परेमा तत्काल गर्न निर्देशन दिएका छन् । प्रजिअले स्वास्थ्यकर्मीको टोली अनसन स्थलमा उपलव्ध रहेको र हुलाकी सडक प्रमुख समेत अनसन स्थल पुग्ने र सहमतीको प्रयास गर्ने बताएका छन ।
यता अनसनकारीको स्वास्थ्य अवस्था विग्रदै गएपनि स्थानिय प्रसासन र केन्द्रिय सरकारले कुनै चासो नदेखाएको भन्दै अनसनकारीहरुले उनीहरु मांग प्रति संवेदनशिल नभएको आरोप लगाएका छन । अनसनकारी तथा संघर्ष समिति संयोजक रामकुमार शर्माले समेत आफ्नो मांग कुनै पुरा नै नहुन सक्ने खालको नरहेकोले तुरुन्त सो को संम्बोधन हुनु पर्ने बताएका छन ।
यता स्थानियहरुले मागप्रति चासो नदेखाएको भन्दै कार्यवाहक प्रधानमन्त्री बिमलेन्द्र निधीको पुतला दहन गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij