आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सन्तोष पन्तविरुद्धको जाहेरी प्रहरीले लिएन

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • काठमाडौं ।   ड्युटीमा रहेकी महिला सुरक्षा गार्डमाथि सञ्चालकबाटै यौन दुव्र्यवहार भएको घटनाको उजुरी लिन इलाका प्रहरी कार्यालय धरानले अस्वीकार गरेको छ ।

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको महिला छात्रावसामा ड्युटीमा बसेका महिला सुरक्षा गार्ड सविता सुवालले आफू ड्युटीमा बसेको अवस्थामा यौन दुव्र्यवहारमा परेको उजुरी लिएर आइतबार इलाका प्रहरी कार्यालयमा पुगेकी थिइन् ।

    महिला अधिकारकर्मीको साथमा सुयालले केटीएस सेक्युरिटी प्रालिका अध्यक्ष रामेश्वर साह र कलाकार सन्तोष पन्तविरुद्ध जबरजस्ती करणी गर्ने उद्योगसम्बन्धी जाहेरी लिएर इलाका प्रहरी कार्यालय गएकी थिइन् ।

    उनले साह र कालाकार पन्तले ड्युटीमा बसिरहेको अवस्थामा आफूमाथि शनिबार बिहान साढे २ बजे आफ्ना संवेदनशील अंगमा हात लगाएको आरोप लगाएकी छन् ।

    मादक पदार्थ सेवन गरेका साह र केटीएमकै ब्रान्ड एम्कबेस्डर पन्तले सुरक्षा चेक गर्ने बाहनामा महिला छात्रावासमा प्रवेश गरी आफूमाथि यौन दुव्र्यवहार गरेको महिला सुरक्षा गार्डको आरोप छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij