प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३
परासी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नवलपरसीले आज संविधान दिवसको दिन कालो दिन मनाउँदै छ । मोर्चाको घोषित विरोध कार्यक्रम अनुसार आज विहान ७ बजे जिल्लाको सदरमुकाम परासीको बुद्धचोकमा टायर बाल्दै विभिन्न ठाउँमा कालो झण्डा बाँध्ने र नाराबाजी सहित विरोध प्रदर्शन गरिएको छ ।
यता सरकारी निकायहरुले संविधान दिवसको अवसरमा विहान प्रभात फेरि ¥याली निकाले संगै मोर्चाले पनि आफ्नो विरोधको कार्यक्रम पनि अगाडी सारेको हो । संविधान नेपाली जनताको हकमा मात्र सिमित रही मधेशी जनताको हक–अधिकारलाई सुनिश्चित नगरेको संघिय मधेशी फोरम नेपालका अध्यक्ष धरेन्द्र यादवले आरोप लगाए ।
संविधान घोषणा भएदेखि नै आन्दोलनमा उत्रिएको मोर्चाले विभिन्न धनज्यानको क्षति समेत व्यहोर्दै आएको छ । संविधान संशोधान र विभिन्न सहमतिको नाममा झुक्याउदै आएको सरकारले अझैपनि संविधानमा मधेशी जनताहरुको हक–अधिकार सुनिश्चित नगरेको मोर्चाका संयोजक मुकुर गिरीले आरोप लगाए ।
मोर्चाले आज कालो दिनमा विहान टायर बाल्ने, कालो झण्डा बाध्ने र नाराबाजी सहित विरोध प्रदर्शन गरेको छ भने दिउसा १२ बजे ठुलो विरोध ¥याली निकाली कोणसभा गर्ने र साँझ ७ बजेदेखि ८ बजेसम्म मोर्चाले ब्लोआउट (बत्ती निभाउने) कार्यक्रम गर्ने जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij